साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्को घोडा हो ?

हावाखावा पार्दै धुत्ने आमा काट्ने चिर्ने हो लामाछोटा आरा बोक्ने धामी बोक्सी आफै हो नाफाखोरी चोरी धन्दा नेता बन्ने पेशा हो दानापानी खायो नाच्यो मात्यो कस्को घोडा हो ।

Nepal Telecom ad

कालो मैलो आयो ढाक्यो जालो लायो धोका हो
आलाकाँचा गुण्डा डाक्यो सत्ताधारी पोका हो
मुर्दा जस्ता मान्छे आए हावादारी नारा हो
दानापानी खायो नाच्यो मात्यो कस्को घोडा हो ।१

कालापानी धर्ती बेच्ने पार्टी कस्को पेवा हो
नालापानी सुम्पेकाछन् नेपालीको खेवा हो
अर्काको नै हावा लाग्यो ढोग्ने पुज्ने सेवा हो
दानापानी खायो नाच्यो मात्यो कस्को घोडा हो ।२

पाखा सारा बाँझा पार्दै मान्छे बेच्ने सत्ता हो
पानी खानी सुख्खा पार्ने लुट्ने खाने भत्ता हो
आफ्नो पोल्ने अर्को पोस्ने झालेमाले कुत्ता हो
दानापानी खायो नाच्यो मात्यो कस्को घोडा हो ।३

नारा लाग्छन् कस्ता कस्ता काँढा खोज्ने धस्ने हो
दाह्रा धस्दै उल्का पार्ने तारा झार्ने भन्ने हो
कस्को पारा कस्तो होला देख्ने जान्ने आफै हो
दानापानी खायो नाच्यो मात्यो कस्को घोडा हो ।४

दाम्लो बाट्ने पोया के को तोर्सो बाङ्गो पार्ने हो
कुम्लो पार्ने टाढा लाने नन्दी भृङ्गी आफै हो
सीमा मिच्दा बोल्छन् को खै साढे बन्ने ऊ नै हो
दानापानी खायो नाच्यो मात्यो कस्को घोडा हो ।५

हावाखावा पार्दै धुत्ने आमा काट्ने चिर्ने हो
लामाछोटा आरा बोक्ने धामी बोक्सी आफै हो
नाफाखोरी चोरी धन्दा नेता बन्ने पेशा हो
दानापानी खायो नाच्यो मात्यो कस्को घोडा हो ।६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

नरनाथ लुइँटेल
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
0
Would love your thoughts, please comment.x
()
x