साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के राज्य राज्यजस्तो बनाउने हो त ?

कोरा उखान-मुहरा, अब बेच्न हुन्न । गर्जेर भाषण बुनेर, विकास हुन्न ॥ साला र भानिज समर्थक आफू- आफ्ना । पैलो परीक्षण गरी, अनि भिर्नु तक्मा ॥

Nepal Telecom ad

सम्पत्ति भ्रष्टजनका, अब थुत्नु पर्छ ।
मन्त्री प्रधान चिफका पनि बुझ्नु पर्छ ॥
जो पूर्व शासक प्रशासक दूत मुख्य ।
सम्पत्ति आर्जन गरीकन लिन्छ सुख्ख ॥

त्यस्ता धनाढ्य जबसम्म समाइँदैन ।
सम्मृद्धि उन्नति विकास त पाइँदैन ॥
काला कुवेर डन औ, नव-आढ्य को हो ?
जाँचेर कर्तुत निकाल, यथार्थ के हो ??

कोरा उखान-मुहरा, अब बेच्न हुन्न ।
गर्जेर भाषण बुनेर, विकास हुन्न ॥
साला र भानिज समर्थक आफू- आफ्ना ।
पैलो परीक्षण गरी, अनि भिर्नु तक्मा ॥

ठेक्दार भ्रष्ट जति छन्, सुदखोर डाँका ।
भू-माफिया नर दलाल किला र काँटा ॥
लौ पक्षपात नगरी, अब ठोक्नु दण्ड ।
त्यै शूर नायक हुनेछ महा-प्रचण्ड ॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x