साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काव्य सुसेली-२ विमोचन कार्यक्रम सम्पन्न

नेपाली साहित्य समाज क्यानडाको आयोजनामा टोरन्टो पब्लिक लाइब्रेरीको एग्लिन्टन स्कवायर ब्रान्च, स्कारबोरोमा सम्पन्न समारोहमा विमोचित पुस्तकमा रहेका कविताहरू सम्बन्धित स्रस्टाहरुद्वारा वाचनसमेत गरिएको थियो ।

Nepal Telecom ad

क्यानडा, अप्रिल १५, २०२३ । नयाँ वर्ष विक्रमाब्द २०८० सालको शुभकामना आदान प्रदान गर्दै नेसास क्यानडाले प्रकाशन गरेको काव्य सुसेली -२ को विमोचन सम्पन्न भयो ।

नेपाली साहित्य समाज क्यानडाको आयोजनामा टोरन्टो पब्लिक लाइब्रेरीको एग्लिन्टन स्कवायर ब्रान्च, स्कारबोरोमा सम्पन्न समारोहमा विमोचित पुस्तकमा रहेका कविताहरू सम्बन्धित स्रस्टाहरुद्वारा वाचनसमेत गरिएको थियो ।

कार्यक्रम समाजका अध्यक्ष खेम गुरागाईं, समाजका सल्लाहकार गोविन्द सिंह रावत, तथा साहित्यप्रेमी मेनुका मैनालीले संयुक्त रुपमा विमोचन गर्नुभयो । यसअघि साहित्यकार रावतद्वारा नेपाली साहित्य समाज, वर्तमान कृति प्रकाशनको पृष्ठभूमि तथा २००४ सालदेखि प्रवासी नेपालीहरूले भाषा साहित्यको सम्वर्द्धनमा पुर्‍याएको योगदानको चर्चा गरिएको थियो ।

समाजका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार रविन थपलियाले आर्थिक रुपमा कृतिहरू प्रकाशन त्यति सहज नभएको अवस्थामा निकै लामो समयपछि भए पनि प्रवासी स्रस्टाहरूका कृतिहरूको अभिलेखको रूपमा काव्य सुसेली- २ आएकोमा खुसी व्यक्त गरे । समाजसेवी अन्जनी भट्टराईद्वारा नेसासको प्रगतिको कामना गर्दै नव वर्षको शुभकामना व्यक्त गरिएको थियो ।

नेसास क्यानडाका अध्यक्ष खेम गुरागाईंको अध्यक्षता एवं समाजका महासचिव मोहन खरेल तथा सल्लाहकार रविन थपलियाद्वारा संयुक्त रूपमा संचालित कार्यक्रममा टि.पी. पौडेलले आफ्नो पुस्तक ‘क्रान्ति, देवघाट र विद्रोह’ को पृष्ठभूमि सहित आफ्नो कविता ‘भोलि सप्ताहान्त छ’ को वाचन र रविन्द्र घिमिरेले कविता/काव्यको शास्त्रीय पक्षका बारेमा पनि समाजले संवादको थालनी गर्नुपर्ने सुझाव राख्दै आफ्नो कविता ‘एक चिम्टी खुसी’ को पाठसँगै वाचन सिलसिला शुरु गरेका थिए ।

साहित्यप्रेमी तुल्सी धरेलले समाज प्रतिको आफ्नो माया र सद्भाव व्यक्त गर्दै ‘जब म थाक्छु’ शीर्षकको कविता, रबिन्द्र लम्सालको ‘कसैको खास बन्न सकिएन’ शीर्षकको गजल, गोविन्द सिंह रावतको ‘आज मलाई फेरि प्रेम गर्न मन लागेको छ’, अनुप न्यौपानेको ‘जब मानवभित्र मानवता हराउँछ’, माधब बरालको ‘गोरेटो’, पारु पाण्डेयको ‘लासका थुप्राहरु’, युवराज भण्डारीको ‘भावनाको सिमाना’, मोहन खरेलको ‘जनता’, पुष्पराज आचार्यको ‘रातदेखि बिहानसम्म’ राधिका कुसुमको ‘युद्ध र फूल’, खेम गुरागाईंको ‘प्रश्नहरूको खेती’ रविन थपलियाको, ‘आर्यघाटको अनुरोध’ तालीको गडगडाहट साथ वाचन गरिए ।

कार्यक्रमको अन्तमा अध्यक्ष गुरागाईंले २०२२ को ‘उत्तर अमेरिकी सिमापार काव्य संगम’ र काव्य सुसेली- २ लाई सम्भव बनाउन रचना पठाउने, संकलन- संयोजनमा जुट्नेहरू तथा आर्थिक सहयोग गर्ने मनकारी दाताहरू भृगु ढुङ्गाना (राजदुत- नेपाली राजदूतावास, क्यानडा), दिपक गौतम (President, NRN Canada), हेमराज पाण्डे (Homelife 247 Realty), भाष्कर झा (VAN Rehab Physiotherapy Inc), विनोद पौडेल (eXp Realty), लक्ष्मण सुवेदी (eXp Realty), भानु शिवाकोटी (eXp Realty), अनिल थापा (Everest Realty), कणर्बहादुर बटाला (Homelife 247 Realty), शरद पौडेल (Sharad CPA Professional Corporation), विष्णु अर्याल Grotwthmax Learning Systems), खेम भट्टराई (eXp Realty), रमेश कार्की (Karkee Law Firm), तेज खतिवडा (Tej CPA Professional Corporation) लगायत सबैलाई समाजको तर्फबाट धन्यवाद र आभार व्यक्त गर्दै आगामी प्रयासहरूमा पनि साथ सहयोगको अपेक्षा रहेको उल्लेख गर्दै कार्यक्रम समाप्तिको घोषणा गरे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x