साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालमा हाइकु समृद्ध बन्दैछ

प्रज्ञाका पूर्व सदस्यसचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले हाइकुलाई नेपाली माटो सुहाँउदो बनाउँदै जानुपर्नेमा जोड दिनु भयो ।

Nepal Telecom ad

काठमाडौं, पेरोल साहित्य प्रतिष्ठान नेपालले नयाँ वर्ष २०८० को अवसरमा शभकामना आदान प्रदान सहित हाइकू विशेष कार्यक्रम सम्पन्न गरेका छ ।

पेरोल साहित्य प्रतिष्ठान अध्यक्ष रेणुका भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम प्रमुख अतिथि प्रज्ञाका पूर्व सदस्यसचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले हाइकुलाई नेपाली माटो सुहाँउदो बनाउँदै जानुपर्नेमा जोड दिनु भयो । नेपाली साहित्यमा हाइकू समृद्ध हुँदै गएको बताउँनु भयो ।

कार्यक्रममा बरिष्ठ अतिथि प्रा.डा रामकुमार पाँडेले हाइकु विश्व कविता भएकाले नेपाल लेखनमा उर्वर भूमि भएको बताउँनु भयो । साथै ५-७-५को संरचनामा हाइकु लेखिनु नै पर्दछ भन्नु भयो । यसैगरी बरिष्ठ अतिथि प्रा.पुस्कर लोहनीले नेपालमा हाइकुको प्रवेशसँगै विकासको यात्रामा लागिरहेको बताउँनु भयो ।

कार्यक्रमा अतिथि प्राज्ञ चेतनाथ धमाला, गंगा लिगल, मोहन बहादुर कायस्थ, दिल पौडेल, चन्द्रकला शाह र ललिता ‘दोषी’ लगायतले मन्तव्य सहित हाइकु बाचन गर्नु भएको थियो । बैरागी जेठाको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले ब्यानर पढेर गर्नु भएको थियो ।

कार्यक्रमको संचालन अन्जना पौडेलद्वारा भएको र उक्त अवसरमा नयाँ वर्ष २०८० सालको शुभकामना सहित हाइकु बाचन भएको थियो । हाइकु बाचनमा सानु शर्मा, उर्मिला पन्त, ललिता ‘दोषी’, अन्जना पौडेल, वैरागी जेठा, सुनिल पुरी, दिल पौडेल, पुस्कर लोहनी, प्रा.डा. रामकुमार पाँडे, प्रमुख अतिथि लगायतले हाइकु बाचन गनर्र भएको थियो ।

पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष वी.के पाल्पालीको हाइकुमा भएको योगदानको पनि चर्चा गरिएको थियो । अन्त्यमा सभापत्विको मन्तव्य सहित सभा सम्पन्न भएको सो कार्यक्रम काव्य घर मिडिया प्रा.लि.को सभा हलमा भएको थियो ।

कार्यक्रममा ढुण्डिराज पोखरेल, रामहरी सापकोटा, सुस्मिता वेलबासे, तारा खड्का, शान्त बस्नेत र फरक डटकम नेपालका सम्पादक महेश्वर अधिकारी आदिको उपस्थिति थियो ।

०००
-रेणुका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x