साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हसुरप्रसादहरू

विषयुक्त गुलिया यिनका वचनबाट होऊ मुक्त जोसुकै होस् जनतामारा विरोधमा होऊ सशक्त जुकासरी मुख पारी चुसिरहने चिनौँ यिनलाई क्रान्तिकारी शब्द यिनबाट सुन्दैमा लाग्छ विरक्त

Nepal Telecom ad

सबै ङिच्च सबै पिच्च, भए जनता दिक्क
हसुरप्रसाद नेताहरू, मालामालमा ठिक्क
पार्टी पार्टी भन्दै गर्छन् छोरा नाति हसुराइ
शोकतन्त्र बलियो भो निमुखा सबै हिक्क

जसले बढी गर्छ हसुर उसले पाउँछ हजुर
सोझासिधा जनता सारा नाच्छन् बन्दै मजुर
फुर्तीफार्ती अचम्मै छ विश्वै जित्लान् जस्तो
हात्ती आयो हात्ती आयो फुस्सा हुन्छ फुर्फुर

काम गर्ने मजदुर किसान बन्छन् रालसिँगान
यिनकै नाम भजाएर नेता बनेछन् आलिसान
स्वदेशमा डर भयो राख्न लुटको धन अथाह
विदेशका ब्याङ्क भरे बनाई देशलाई नादान

मानिस किन बुझ्दैन यिनका दुष्ट कालाकर्तुत
हितकारी नाराभित्र बने यिनै मातृघाती कपुत
नीति सिद्धान्त पोलिखाए भए यिनै भस्मासुर
नाटकबाहेक हुन्न यिनको खोजे मिल्छ सबुत

विषयुक्त गुलिया यिनका वचनबाट होऊ मुक्त
जोसुकै होस् जनतामारा विरोधमा होऊ सशक्त
जुकासरी मुख पारी चुसिरहने चिनौँ यिनलाई
क्रान्तिकारी शब्द यिनबाट सुन्दैमा लाग्छ विरक्त

महल बने गाडी गुडे घ्याम्पे भुँडी र चिल्ला गाला
भोकाका नाममै “जोक” भो काढिए तिनकै छाला
मूल्य गिर्‍यो मानिसको जनआशा भो महाअलपत्र
हसुरदेवका तिकडम अनेक बन्ने भो देश नर्कशाला ।

०००
२०८०/१/१५
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
जुम्राहरूप्रति

जुम्राहरूप्रति

डा. भरतकुमार भट्टराई
‘अर्को कर्नाली’ का कवितामा कोमल व्यङ्ग्य

‘अर्को कर्नाली’ का कवितामा...

डा. भरतकुमार भट्टराई
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x