साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुल्न थाले डराए

दलाली यो फन्दा हुन्छ कालो बताए मलामीको खाना हुन्छ मार्सी अघाए गुलामीको बाटो रोज्न टाढा सघाए र ढोकाको ताला खुल्न थाले डराए ।

Nepal Telecom ad

हलो जोत्ने दाजै जोत्न थाले कराए
अनौ ठोक्दा ठोक्दै थुक्न थाले बिराए
खिया लाग्ने फाली हेर्न थाले रमाए
लगाएको ताला खुल्न थाले डराए ।१

तमाशा के होला खेत बारी भराए
किरा फट्याङ्ग्राले चुस्त बाली सकाए
जरा काट्दै जाने हन्तकाली समाए
लगाएको ताला खुल्न थाले डराए।२

हिया सुक्दै जाँदा आँत पोल्यो कराए
हिलो डल्ला खेल्दै कुन् भकारी भराए
पखेराको पानी प्युन टाढा छ धाए
लगाएको ताला खुल्न थाले डराए ।३

जमानाले कोल्टे फेर्छ भन्ने हराए
लुटेराको धन्दा धुन्धुकारी जनाए
गरेकाछन् चोरी मूर्ख दाह्रा बुकाए
लगाएको ताला खुल्न थाले डराए ।४

सुकाएको माडा रुझ्न लाग्दा नआए
लुकाएको पैसा झिक्न आफै त आए
लगाएका नारा ठग्न हो यो बताए
लगाएको ताला खुल्न थाले डराए ।५

दलाली यो फन्दा हुन्छ कालो बताए
मलामीको खाना हुन्छ मार्सी अघाए
गुलामीको बाटो रोज्न टाढा सघाए
र ढोकाको ताला खुल्न थाले डराए ।६

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x