साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राँगो चाहियो

लोते राँगाको भर रहेन लोते राँगो भैँसी छाडी कतै गएन लोते राँगो लगाउनुको कुनै विकल्प थिएन तर त्यसले काम दिएन सबै भैँसी थारै रहने भए खेरै जाने भए आइँ ...... आइँ .... आइँ ।

Nepal Telecom ad

आइँ…. आइँ …. आइँ
तेरै होला दाइँ
आइज अर्ना आइज
जङ्गल छोडेर
धाइफल तोडेर ॥

सहरमा डम्म छ घाँस
कति खान्छस् जङ्गलको काँस
न मिठो एक छाक
न मसिनो एक गाँस
जङ्गलओडारको बास
कति चिल्दो हो डाँस
जवानीको नाश
आइँ …. आइँ …. आइँ
तेरै होला दाइँ
आइज अर्ना आइज
जङ्गल छोडेर
धाइफल तोडेर ॥

गोठका भैँसी थारै परे
गाउँका राँगा मम पाके
कति राँगा विदेश लागे
कति राँगा यसै भागे
कति राँगाले पर्खाल नागे
भएजति तेरै भाग्य जागे
आइँ …… आइँ ….. आइँ
तेरै होला दाइँ
आइज अर्ना आइज
जङ्गल छोडेर
धाइफल तोडेर ॥

भैँसी भने भैँसी रोज्जा
पाडी भने पाडी रोज्जा
र्याल बगाउने बूढा राँगाले भएन
लोते राँगाको भर रहेन
लोते राँगो भैँसी छाडी कतै गएन
लोते राँगो लगाउनुको
कुनै विकल्प थिएन
तर त्यसले काम दिएन
सबै भैँसी थारै रहने भए
खेरै जाने भए
आइँ …… आइँ …. आइँ ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x