सुलसुलेसाहित्यिक पत्रकारद्वारा प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई ज्ञापनपत्र
ज्ञापनपत्र बुझ्दै कुलपति राईले नेपाली भाषा र मातृभाषामा गरी दुईवटा राष्ट्रिय साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गर्न तत्पर रहेको बताउनुभयो ।

काठमाडौं, ०८० जेठ २ । साहित्यिक पत्रकारिताको उन्नयनमा समर्पित नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझ्दै कुलपति राईले नेपाली भाषा र मातृभाषामा गरी दुईवटा राष्ट्रिय साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गर्न तत्पर रहेको बताउनुभयो । साथै, साहित्यिक पत्रिकालाई प्रदान गर्दै आएको वार्षिक अनुदानलाई निरन्तरता दिने र विधिवत रूपमा दर्ता भई सञ्चालनमा रहेका साहित्यिक अनलाइन पत्रिकालाई समेत समेट्न प्रयत्नरत रहेको बताउनुभयो ।
यस अवसरमा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमल निभा, सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरी, डा.कृष्णराज अधिकारी, बाबा बस्नेत, अगिब बनेपाली, राजन मुकारुङ, अमर न्यौपाने, डा.कौशिला रिसाल र हंसावतीकुमारी कुर्मीको उपस्थिति रहेको थियोे ।
यसक्रममा नेपाल साहित्यिक पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकी, उपाध्यक्ष बालिका गिरी, महासचिव चेतनाथ धमला, सचिव होमशङ्कर बास्तोला, कोषाध्यक्ष सूर्य लाकोजूले आआफ्ना धारणा राखेका थिए । सङ्घका केन्द्रीय सदस्य डा.शैलेन्दु नेपाल, गायत्रीकुमार चापागाईं, अर्जुन तामाङ, नानीमैयाँ अधिकारी, जगत वाशिष्ठ लगायतका केन्द्रीय सदस्यको उपस्थिति थियोे । प्रतिनिधि मण्डलमा साहित्य पोस्टका सम्पादक अश्विनी कोइराला, लोकभावनाका प्रबन्धक रमणलाल समेतको सहभागिता थियोे ।
०००
Subscribe
Login
0 Comments
Oldest












































