बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

गधालाई गधा नै हुन दिनु बेस

गधालाई गधा नै हुन दिनु बेस, गधा धोएर गाई बन्दैन सुध्रिएन दुई तिहाईको बोरामा राखे पनि, भाङ्ग्रामा राखे पनि ।

Nepal Telecom Spring Offer

कुकुरको पुच्छर सिधा हुन्न, बाह्र वर्ष ढुङ्ग्रामा राखे पनि
सजाय कमै हुन्छ भ्रष्टाचारीलाई, आगोको भुङ्ग्रामा राखे पनि ।१।

बज्रिएका लाठी मुङ्ग्रा झिरहरू, बर्साएका गालीहरू
अपुरै हुन्छ शूलीमा चढाए पनि, मुङ्ग्रामा राखे पनि ।२।

गाली गरेरै भूत पिचाश जगाउँछु, भनेर लागिरहेछ ऊ
झाँक्रीलाई फरक पर्दैन ढोलमा वा, ढ्याङ्ग्रामा राखे पनि ।३।

रङ्गमञ्चमा भेडा हुन् कि बाख्रा, छुट्याउनु गाह्रो हुन्छ
भेडो भेडासँगै बाख्रो बाख्रासँगै हुन्छ, च्याङ्ग्रामा राखे पनि ।४।

गधालाई गधा नै हुन दिनु बेस, गधा धोएर गाई बन्दैन
सुध्रिएन दुई तिहाईको बोरामा राखे पनि, भाङ्ग्रामा राखे पनि ।५।

०००
९८४९८१८८००
लमजुङ

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
लजायो लाज पनि

लजायो लाज पनि

पदम भण्डारी
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
अचम्म !

अचम्म !

हाेमनाथ घिमिरे
हैन साली पनि

हैन साली पनि

चिरञ्जीवी दाहाल