साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार विरूद्ध तेस्रो दिन पनि जुर्मुराए सर्जकहरू

भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा खबरदारी गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियानका रूपमा तेस्रो दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

Nepal Telecom ad

हेटौँडा, ०८०, जेठ २ । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा संगमचोकमा भ्रष्टाचारविरूद्ध सचेतनाका लागि रचना वाचन कार्यक्रम गरिएको छ ।

भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा खबरदारी गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियानका रूपमा तेस्रो दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

ओमभक्त भण्डारीले एकोहोरो शङ्खनाद गरी शुरू भएको कार्यक्रममा साहित्य सर्जक, स्थानीय, बटुवा, मिडियाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको
थियो ।

आजको कार्यक्रममा सानुभाइ विश्वकर्मा, शम्भुप्रसाद बासकोटा, दीपक गौतम, राजकुमार चौधरी, देवराज तिवारी, पुरूषोत्तम आचार्य, छवि अनित्य, सञ्जीत श्रेष्ठ, अनिता न्यौपाने, सुवास सजल, देव निर्दोष, समर्पण न्यौपाने, एस.के. निधन, ओमभक्त भण्डारी, बैकुण्ठ लामिछाने, सानु खनालले रचना वाचन तथा लोकगायिका सरू कार्कीले गीत गायन गर्नुभयो ।

पत्रकार प्रताप बिष्टले भ्रष्टाचार विरूद्धको रचना वाचन अभियानमा आफू पनि सँगसँगै रहेको जनाउँदै सबैले बोल्ने र गर्ने बानीबीच समानता हुनुपर्ने बताउनुभयो । यस्तै सर्जक भूपिन चितवनदेखि सो कार्यक्रममा ऐक्यबद्धता जनाउन आउनुभयो भने चोकचोकमा सप्ताहव्यापी रचना वाचन आयोजना गर्नु कठिन रहेको बताउँदै यसमा होमिनुभएका सर्जक, अभियन्ता, स्थानीयलाई धन्यवाद दिँदै उहाँले रचना वाचन समेत गर्नुभयो ।

कार्यक्रमलाई रेडियो निकासले प्रत्यक्ष प्रशारण गरिरहेको छ भने एनएस टेलिभिजनले भिडियोमा कैद गरिरहेको छ ।

दैनिक कार्यक्रम अन्तर्गत बुधबार चौघडाचोकमा रचना वाचन हुने संयोजक निमेष निखिलले बताउनुभयो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा आयोजित कार्यक्रम संप्रस पौडेलले सहजीकरण गर्नुभएको हो ।

०००
– हेटौँबाट संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x