सुलसुलेअभियान पुरस्कार सम्मान तथा स्मारिका विमोचन कार्यक्रम
शङ्खधर पार्टी प्यालेसमा आयोजित अभियान पुरस्कार, सम्मान तथा स्मारिका विमोचन कार्यक्रममा विभिन्न स्रस्टा तथा कलाकार र समाजसेवी सम्मानित भएका हुन् !

भक्तपुर, ०८० वैशाख ३० । अभियान साहित्य कलाकार समाजको आयोजनामा शनिबार विशिष्ट व्यक्तित्वहरू सम्मानित भएका छन् ।
शङ्खधर पार्टी प्यालेसमा आयोजित अभियान पुरस्कार, सम्मान तथा स्मारिका विमोचन कार्यक्रममा विभिन्न स्रस्टा तथा कलाकार र समाजसेवी सम्मानित भएका हुन् !
समारोहमा संस्थाको वार्षिक उत्सवको अवसरमा प्रकाशन गरिएको ‘अभियान स्मारिका २०८०’ को विमोचन गरिएको थियो ! नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई प्रमुख अतिथि रहनु भएको कार्यक्रममा वरिष्ठ हास्य व्ययङ्ग्यकार कृष्णमुरारी गौतम चट्याङ मास्टर, प्राज्ञ चेतनाथ धमला, समाजसेवी हरि प्रकाश पुडासैनी वरिष्ठ कलाकार देशभक्त खनाल, वरिष्ठ हस्यव्यङ्ग्यका र डम्बर घिमिरे, मानव अधिकार एलाईन्स भक्तपुरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, मानविय आस्था नेपालकी महासचिव उत्तरा नेपाल समाजसेवी राजन ढुङ्गेल, साहित्यकार रामेश्वर राउत मातृदास र प्रा.डा. रामप्रसाद ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
सँस्थाका अध्यक्ष पशुपति दङ्गालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा दस हजार रुपैया पुरस्कार राशी भएको ‘अभियान पुरस्कार २०८०’ प्रा.डा.रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो भने ‘अभियान कलाकार सम्मान २०८०’ बाट वरिष्ठ कलाकार देशभक्त खनाललाई र यस बर्षको ‘अभियान समाज सेवा सम्मान २०८०’ समाजसेवी राजन ढुङ्गेललाई, ‘अभियान साहित्य सम्मान २०८०’ बाट बालसाहित्यकार रामेश्वर राउत ‘मातृदास’लाई प्रदान गरियो । यस बर्षको ‘विशेष योगदान सम्मान २०८०’ बाट रमेश घिमिरे सम्मानित हुनुभयो !
त्यसैगरि मध्यपुर थिमि नगरपालिका ३ नम्बर वडालाई विशेष कदर पत्र प्रदान गरिएको थियो ! अभियान स्मारिका २०८० को बिषयमा डा रमेश शुभेच्छुले समीक्षा गर्नु भएको थियो भने युवा साहित्यकार तथा प्रधान सम्पादक घनश्याम गौतमले स्मारिका प्रकाशनसम्बन्धी मन्तव्य राख्नु भयो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष खगेन्द प्रसाद गुरागाईले दिनुभयो ।
सम्मानले आफूलाई जवान बनाएको र अझै कलाकारिता निरन्तर गर्ने भन्दै बरिष्ठ कलाकार देश भक्त खनालले आफूलाई सम्मानको योग्य देखेकोमा आयोजकलाई धन्यवाद दिनु भयो ! पुरस्कृत समाजसेवी राजन ढुङ्गेल, रामेश्वर राउत मातृदास रमेश घिमिरेले पनि मन्तव्य दिनुभएको थियो ।
संस्थाको साधारण सभा सम्पन्न
संस्थाको साधारण सभा सम्पन्न भएको छ ! साधारण सभाले निर्बिरोध केन्द्रीय समिति चयन गरेको छ ! अभियान साहित्य कलाकार समाजको कार्यकारी समितिमा अध्यक्ष पशुपति दँगाल, उपाध्यक्ष खगेन्द्रप्रसाद गुरागाई, सचिबमा घनश्याम गौतम, कोषाध्यक्षमा युगज्योति क्रियाशील, सदस्यहरूमा दिपेश सेढाई (सानू घायल), सुरेश तिमल्सिना र गोबिन्दप्रसाद निरौला निर्बिरोध चयन भएका हुन् ! संरक्षकमा बरिष्ठ हास्यव्यङ्ग लेखक डम्बर घिमिरे हुनुहुन्छ ! कार्यक्रमलाई गायक तथा उद्घोषक अजय अधिकारीले उद्घोषण गरेका थिए !
०००
Subscribe
Login
0 Comments
Oldest












































