सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भाउजूको जयहोस्…

विचरा दाज़ी, सिरक ओडेर मह चाट्ने, घिउलाटो ! भाउजूको अगाडि ! शिर निहुराउनु हुन्छ ! तर कागको फूल चोर्ने भाउजूलाई भने, न वरत्रको चिन्ता छ न परत्रको सरोकार छ ! भाउजू खानदानी हुनुहुन्छ ! पिठोले चामल साट्नु हुन्छ !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा

भाउजू !
नाकमा हिराको फुली लगाउनु हुन्छ !
हातमा आइफोन बोक्नु हुन्छ !
ब्रान्डेड ब्याग हातमा झुन्ड्याउँदै !
किच्च हाँस्नु हुन्छ !

दाजी त सोझो मान्छे गाउँको !
तर भाउजू बिछट्ट बाठी !
खानदानी !

पदले त दाजी नै ठूलो हो नि !
तर भाउजूको कुरा,
दाजीले काट्न सके पो !

दाजी सोझो,
भाउजूले औँलामा नचाउनु भएको छ !
मुट्ठीभित्र कर्‍यापकुरुप पार्नु भएको छ !
विचरा…. दाज़ी !
पदले ठूलो भएर के गर्नु ?
मानले ठूलो भएर के गर्नु ?
भाउजूको अगाडि,
गडुरको छाँया परे जस्तो !
रुझेको बिरालो जस्तो !

भाउजू खन्दानी,
धूर्त र चलाख हुनु हुन्छ !
सम्पतिको भोगी र रोगी हुनुहुन्छ !
राजनीतिको व्यापारमा अब्बल हुनुहुन्छ !
राजा मिदाश जस्तै सुनै सुनको सपना देख्नु हुन्छ !

विचरा दाज़ी,
सिरक ओडेर मह चाट्ने, घिउलाटो !
भाउजूको अगाडि !
शिर निहुराउनु हुन्छ !
तर कागको फूल चोर्ने
भाउजूलाई भने,
न वरत्रको चिन्ता छ
न परत्रको सरोकार छ !

भाउजू खानदानी हुनुहुन्छ !
पिठोले चामल साट्नु हुन्छ !

०००
गोरखा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उस्तै तिमी, उस्तै ऊ !

उस्तै तिमी, उस्तै ऊ...

सुभाषचन्द्र देवकाेटा
बिन्ती छ देशघात नगर

बिन्ती छ देशघात नगर

सुभाषचन्द्र देवकाेटा
मेरी आमा, तिम्री आमा

मेरी आमा, तिम्री आमा

सुभाषचन्द्र देवकाेटा
आऊ आजै रमाऊँ !

आऊ आजै रमाऊँ !

सुभाषचन्द्र देवकाेटा
शहीदको टुहुरो सपना

शहीदको टुहुरो सपना

सुभाषचन्द्र देवकाेटा
गरिबको दिन आयो भन्छन्

गरिबको दिन आयो भन्छन्

सुभाषचन्द्र देवकाेटा
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल