साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाउजूको जयहोस्…

विचरा दाज़ी, सिरक ओडेर मह चाट्ने, घिउलाटो ! भाउजूको अगाडि ! शिर निहुराउनु हुन्छ ! तर कागको फूल चोर्ने भाउजूलाई भने, न वरत्रको चिन्ता छ न परत्रको सरोकार छ ! भाउजू खानदानी हुनुहुन्छ ! पिठोले चामल साट्नु हुन्छ !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा

भाउजू !
नाकमा हिराको फुली लगाउनु हुन्छ !
हातमा आइफोन बोक्नु हुन्छ !
ब्रान्डेड ब्याग हातमा झुन्ड्याउँदै !
किच्च हाँस्नु हुन्छ !

दाजी त सोझो मान्छे गाउँको !
तर भाउजू बिछट्ट बाठी !
खानदानी !

पदले त दाजी नै ठूलो हो नि !
तर भाउजूको कुरा,
दाजीले काट्न सके पो !

दाजी सोझो,
भाउजूले औँलामा नचाउनु भएको छ !
मुट्ठीभित्र कर्‍यापकुरुप पार्नु भएको छ !
विचरा…. दाज़ी !
पदले ठूलो भएर के गर्नु ?
मानले ठूलो भएर के गर्नु ?
भाउजूको अगाडि,
गडुरको छाँया परे जस्तो !
रुझेको बिरालो जस्तो !

भाउजू खन्दानी,
धूर्त र चलाख हुनु हुन्छ !
सम्पतिको भोगी र रोगी हुनुहुन्छ !
राजनीतिको व्यापारमा अब्बल हुनुहुन्छ !
राजा मिदाश जस्तै सुनै सुनको सपना देख्नु हुन्छ !

विचरा दाज़ी,
सिरक ओडेर मह चाट्ने, घिउलाटो !
भाउजूको अगाडि !
शिर निहुराउनु हुन्छ !
तर कागको फूल चोर्ने
भाउजूलाई भने,
न वरत्रको चिन्ता छ
न परत्रको सरोकार छ !

भाउजू खानदानी हुनुहुन्छ !
पिठोले चामल साट्नु हुन्छ !

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x