साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुटानी भन्दै बेचिएका…

नेताले कोरलेको व्यवस्थामा हजुर, दश बर्षमा सिङ्गापुर पुगिन्छ भन्थे, यहि पाराले त अबका केही वर्षमा बिहार पुगिने पक्का भएको छ ॥

Nepal Telecom ad

शम्भु जमरकट्टेल ‘हेदाङ्ने’

हरेराम बाजेले जजमानी गरेकाले
बहादुरभाइले सिमाना जोगाएकाले
घैंटे कुमालले भाँडा पारेकाले
करबीर माझीले डुङ्गा तारेकाले
बडा माहाराजले नेपाल निर्माण गर्दा
एउटा बलियो नेपाली समाजको निर्माण हुनसक्यो ॥

नेवार दाजुदिदीहरूले बाँसुरी बजाएकाले
कुशुले दाइले पुतली नचाएकाले
बादी दाजुले गीत गाउँदै मनोरञ्जन गराएकाले
गाइँने दाजुले सारङ्गी रेटेकाले
रइनी दिदीले मुर्चुङ्गा बजाएकाले
भोटे दाइले सेलो गाएकाले
तामाङ भाइले डम्फु बजाएकाले
बडा महाराजले एकीकरणको बिगुल फुक्दा
एउटा सशक्त नेपाली राष्ट्रिय धुन बजेको थियो ॥

दलविरकामी दाजुले फलामका औजार खेतिपातीमा पुर्‍याएकाले,
दमाई दाइले सिउने, टाल्ने, तुन्ने गरेकाले
गुरुङ्गसेनी दिदीले राडी पाखी बुन्ने भएकाले
थारु, धिमाल र मधेसी दिदी दाजुले तराई हराभरा पारेकाले
बडा महाराजले राष्ट्रिय एकताको झण्डा उठाउँदा,
एउटा बलियो नेपाली समाज जुरुक्क उठेको थियो ॥

मारिने राजाका बुवाले राष्ट्रियता रोपेकाले,
उद्योगधन्दा खोलेकाले
सिमानामा बस्ती बसाएकाले
राजमार्ग, पुल पुलेसा बनाएकाले
विश्व सामु राष्ट्रको रुपमा चिनाएकाले
बडा महाराजको अनुपस्थितिमा पनि
एउटा बलियो नेपाली समाज कायम थियो ॥

अहिले त भन्नै शरम लाग्छ हजुर,
नेता यताका भन्छन्
काम उताका गर्छन् ।
नेपाली दाजुभाइ खाडीमा चेपिएका छन्,
बचेखुचेका दाजुभाइ भुटानी भन्दै बेचिएका छन् ।
नेताले कोरलेको व्यवस्थामा हजुर,
दश बर्षमा सिङ्गापुर पुगिन्छ भन्थे,
यहि पाराले त अबका केही वर्षमा
बिहार पुगिने पक्का भएको छ ॥

भन्नै शरम लाग्छ हजुर,
हाम्रो सिङ्गापुर जस्तो देश
अब त बिहार बन्ने पक्का भएको छ ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x