साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाले टिमुर र समृद्धिको स्वाद

कहिल्यै कसैको दासत्व नस्वीकारेको टिमुरबारी न पहिरो रोकियो, न फसल दियो चैते हुरीले लडाएको नर्कट जस्तो एक मिथक सपना मात्रै भयो भाले टिमुर र समृद्धिको स्वाद ।

Nepal Telecom ad

एमपी पाण्डे :

सिँचाइको विकास
पुगेको थिएन गाउँमा
छिमेकीले कोदो रोप्यो
आकाशे पानीको भर परेन ऊ
धानै रोप्ने अड्डी कसेर बसेँ म
मिठो खाने लोभले, झरी कुरेर
तर, आकाश चुहिएन यसपाला
बाँझै रह्यो खेतबारी
छिमेकीले आफ्नै भकारी उधिन्यो र कोदो खायो
मैले धान किने, जमिन बेचेर ।

फेरि
कुनैदिन
सतीसाल रोप्यो उसले
बाह्रैमास पहिरो खस्ने पाखोमा
उसो फस्टाएन बेलामा
मैले जिस्क्याएँ, यस्तै हुन्छ खेती गर्न नजानेपछि
ऊ मौन बस्यो, भविष्य पर्खिदै ।

मैले
टिमुर रोपेँ, जिभ्रो पड्काउँदै
हलक्क बढ्यो ओसिलो पाखामा
फष्टायो आज भन्दा भोलि
हाँगा लागे, काप लागे, तर फलेन
यो साल, अर्को साल फेरि अर्को साल पनि
रोप्दै भाले टिमुर रोपिएछ
बिउ ठम्याउन नसकेर
भरे, सबका सब काटियो जरैसम्म
फेरि रोपियो, फेरि काटियो, फेरि उस्तै
निरन्तर चलिरह्यो
बिउ रोप्ने र डाली काट्ने क्रम
फसल दिएन भाले टिमुरले
न दाउरा भए, न घाँस, न काठ नै
उल्टै मलाई नै जिस्क्याई रहे
जिङ्ग्रिङ्ग परेका तिखा काँडाहरू ।

मेरो
देशको लोकतान्त्रिक आन्दोलनले
समात्न नसकेको लय
फलाउन नसकेको शान्ति, समृद्धि र स्थायित्व जस्तो ।

छिमेकी आत्तिएन
अत्तालिएन पनि
केस्रा केस्रा गोडमेल गर्‍यो
प्रेमले सुमसुम्यायो मुर्झाउन आँटेका मुनाहरूलाई पनि
माटोको उकेरा लायो जरामा
पानी हाल्यो, गोबर मल छरिरह्यो
बिस्तारै बिस्तारै बढे पोथ्राहरू
अहिले बडेमानका वृक्ष बन्योे
बन्द भयो बाह्रमासे पहिरो पनि
अँचेल
छिमेकी घाँस बेच्छ, दाउरा बेच्छ
काठ बेच्छ र अन्तर्राष्ट्रिय मेनु डकार्छ
स्वच्छ पर्यावरणको प्राकृतिक भण्डारबाट
बडेमानका सतीसालको फेदमा बसेर
हिजोअस्ति
पराधिनताले डामेका उसका फुस्रा ओठहरूमा
स्वतन्त्रताको लाली लाउँदै ।

हेर्दाहेर्दै
शक्तिसम्पन्न भएका छिमेकतिरका
छिमेकी मुलुकहरू जस्तो
दिन प्रतिदिन
भरिँदै, भरिँदै गए
विश्व साम्राज्यवादको दासताले
क्षत बिक्षत पारेका पराधिन छातीहरू
दासत्वले जलेका हृदयहरू ।

आफ्ना भने
खुइलिँदै, खुइलिँदै गए झन झन
विश्व विजेतालाई परास्त गर्ने
गोर्खे खुकुरीका धारहरू
विपन्नताको दासत्वले गाँजियो
कहिल्यै कसैको दासत्व नस्वीकारेको टिमुरबारी
न पहिरो रोकियो, न फसल दियो
चैते हुरीले लडाएको नर्कट जस्तो
एक मिथक सपना मात्रै भयो
भाले टिमुर र समृद्धिको स्वाद ।

०००
बान्निगढी जयगढ गाउँपालिका- ३, अछाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म

एमपी पाण्डे
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
हाडमासुको रोबर्ट

हाडमासुको रोबर्ट

एमपी पाण्डे
दशैंघरबाट

दशैंघरबाट

एमपी पाण्डे
कुखुरी काँ

कुखुरी काँ

एमपी पाण्डे
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x