साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइँला देशमा आइहाल्

भासिनु पर्ने भास कम भएको छ गाउँको त्रास माथितिरै गएको छ अब गारो छैन मात्र पार्टीको झोला बोक्नुपर्छ जे पनि दिन्छु भनेर भाषणमा खोक्नुपर्छ विरोधीलाई ठोक्नुपर्छ सकेसम्म तिनलाई रोक्नुपर्छ ।

Nepal Telecom ad

होम सुवेदी :

साइँला,
ए साइँला
देशमा आइहाल्
साइँला,
अब अलि गम्भीर भएर
सोच विचार गर्

उ बेलाको जति अब
आतङ्क छैन गाउँमा
चन्दाआतङ्कहरूका आँखा
अब छन् ब्याजमा र साउँमा
गाउँ दुख गर्नु पर्ने हुनाले
पुगिसके अब गतिला ठाउँमा
यसैले-
अलिक कम भएको छ डर
मेसो मिलाएर अब फर्की घर ।

हेर् साइँला,
अपहरण अलि हटेका छन्
सुराकीको बहानामा
बेपत्ता पार्ने काम पनि
अलि घटेका छन्
गाउँमा आतङ्क मच्चाउने पनि
अब सहरतिरै खटेका छन्
ठुला माफियासँगै अटेका छन्
देश बनाउने काममा डटेका छन्
भने हेर् साइँला
अब विदेश नबस्
मेसो मिलाएर देशमै पस् ।

भैंसी ल्याका छन्
राँगा ल्याका छन्
देशमा भैंसी मात्र हैन
राँगा पनि ब्याका छन्
धेरै कुरा भ्याका छन्
आइहाल् साइँला
आइहाल् ।

हेर् साइँला
उबेलाका प्रभुका
रेस्टुराँ र बार खुलिसके
दरबारसँग पनि डर कम भो
कमरेटहरू पनि अब खुलिसके
रेस्टुराँतिर झुलिसके
वीराङ्गनातिर भुलिसके
बेला पनि भो नि त
अब फुलिसके ।

हेर् साइँला,
अब नगरेको कुरामा
भासिनु पर्ने भास
कम भएको छ
गाउँको त्रास
माथितिरै गएको छ
अब गारो छैन
मात्र पार्टीको झोला बोक्नुपर्छ
जे पनि दिन्छु भनेर
भाषणमा खोक्नुपर्छ
विरोधीलाई ठोक्नुपर्छ
सकेसम्म तिनलाई रोक्नुपर्छ ।

हेर् साइँला अब आइज
देशले तिमीहरू जस्ता
झोले युवक मागेको छ
तिमी जस्तो युवाको
जोस जागेको छ
देश उकालो लागेको छ
हेर् साइँला
छिटै देशमा आइहाल्
पार्टीको झोला समाइहाल् ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x