सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साइँला देशमा आइहाल्

भासिनु पर्ने भास कम भएको छ गाउँको त्रास माथितिरै गएको छ अब गारो छैन मात्र पार्टीको झोला बोक्नुपर्छ जे पनि दिन्छु भनेर भाषणमा खोक्नुपर्छ विरोधीलाई ठोक्नुपर्छ सकेसम्म तिनलाई रोक्नुपर्छ ।

Nepal Telecom ad

होम सुवेदी :

साइँला,
ए साइँला
देशमा आइहाल्
साइँला,
अब अलि गम्भीर भएर
सोच विचार गर्

उ बेलाको जति अब
आतङ्क छैन गाउँमा
चन्दाआतङ्कहरूका आँखा
अब छन् ब्याजमा र साउँमा
गाउँ दुख गर्नु पर्ने हुनाले
पुगिसके अब गतिला ठाउँमा
यसैले-
अलिक कम भएको छ डर
मेसो मिलाएर अब फर्की घर ।

हेर् साइँला,
अपहरण अलि हटेका छन्
सुराकीको बहानामा
बेपत्ता पार्ने काम पनि
अलि घटेका छन्
गाउँमा आतङ्क मच्चाउने पनि
अब सहरतिरै खटेका छन्
ठुला माफियासँगै अटेका छन्
देश बनाउने काममा डटेका छन्
भने हेर् साइँला
अब विदेश नबस्
मेसो मिलाएर देशमै पस् ।

भैंसी ल्याका छन्
राँगा ल्याका छन्
देशमा भैंसी मात्र हैन
राँगा पनि ब्याका छन्
धेरै कुरा भ्याका छन्
आइहाल् साइँला
आइहाल् ।

हेर् साइँला
उबेलाका प्रभुका
रेस्टुराँ र बार खुलिसके
दरबारसँग पनि डर कम भो
कमरेटहरू पनि अब खुलिसके
रेस्टुराँतिर झुलिसके
वीराङ्गनातिर भुलिसके
बेला पनि भो नि त
अब फुलिसके ।

हेर् साइँला,
अब नगरेको कुरामा
भासिनु पर्ने भास
कम भएको छ
गाउँको त्रास
माथितिरै गएको छ
अब गारो छैन
मात्र पार्टीको झोला बोक्नुपर्छ
जे पनि दिन्छु भनेर
भाषणमा खोक्नुपर्छ
विरोधीलाई ठोक्नुपर्छ
सकेसम्म तिनलाई रोक्नुपर्छ ।

हेर् साइँला अब आइज
देशले तिमीहरू जस्ता
झोले युवक मागेको छ
तिमी जस्तो युवाको
जोस जागेको छ
देश उकालो लागेको छ
हेर् साइँला
छिटै देशमा आइहाल्
पार्टीको झोला समाइहाल् ।

०००
भद्रपुर, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल