साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बालस्रष्टा कुञ्जलको ‘मैले पढेका किताब’ लोकार्पित

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले सानै उमेरदेखि लेख्न थालेका कुञ्जल समयसँगै गम्भीर देखिन थालेको बताउँदै उनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

Nepal Telecom ad

ललितपुर, ०८० जेठ २३ । नेपाल बालसाहित्य समाज र ललितपुरस्थित युनाइटेड स्कुलको आयोजनामा हिजो भएको एक विशेष कार्यक्रममा कुञ्जल शुभेच्छु लुइटेलद्वारा लिखित कृति ‘मैले पढेका किताब’को लोकार्पण भयो ।

नेपाली साहित्यका विशिष्ट समालोचक प्रा.डा. वासुदेव त्रिपाठी, कार्यक्रमका सभाध्यक्ष नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, युनाइटेड स्कुलका प्रमुख डा. कविराज वान्तवा, साहित्यकारहरू प्रा.डा. जीवेन्द्रदेव गिरी र भुवनहरि सिग्देलले पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

१३ वर्ष प्रवेश गरेका कुञ्जल युनाइटेड स्कुलका कक्षा ८ का छात्र हुन् । यसमा विभिन्न लेखकका गरी ३८ पुस्तकका बारेमा लेखकका छोटा समीक्षात्मक लेख रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले सानै उमेरदेखि लेख्न थालेका कुञ्जल समयसँगै गम्भीर देखिन थालेको बताउँदै उनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । उहाँले भन्नुभयो, “कुञ्जलको लेखनप्रतिको रुचि उदाहरणीय छ ।”

नेपाल बालसाहित्य समाजका अध्यक्ष, साहित्यकार प्रमोद प्रधानले आफूले कुञ्जलको लेखन फेसबुकमा ३ वर्ष अगाडिदेखि पढिरहेको बताउँदै अहिले उनको पुस्तक प्रकाशित हुँदा अत्यन्त खुसी लागेको छ भन्नुभयो । नेपाल बालसाहित्य समाज बालबालिकाहरूमा अन्तर्निहित प्रतिभा र क्षमतालाई अघि बढाउने काममा पनि अग्रसर रहेको उहाँको भनाइ थियो ।

युनाइटेड स्कुलका प्रमुख डा. कविराज वान्तवाले बालबालिकाहरूले प्रायः कविता, कथा, निबन्ध लेख्ने गरेको आफूले पाएको बताउनुभयो र भन्नुभयो, “तर कुञ्जलले त्यसभन्दा फरक आफूले पढेका पुस्तकहरूबारे लेखेर नयाँ काम गरेका छन् ।” पुस्तकका सम्पादक विनयकुमार शर्मा नेपालले कुञ्जलको प्रतिभाको प्रशंसा गर्नुभयो ।

कुञ्जलकाे शुभउपनयनका अवसरमा सम्पन्न कार्यक्रमा लेखकका पिता साहित्यकार डा.रमेश शुभेच्छु लुइटेलले स्वागत भाषण र लेखकले धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपाल बालसाहित्य समाजका आजीवन सदस्य, साहित्यकार धीरकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको सो कार्यक्रममा थुप्रै साहित्यकार र शिक्षकहरूको उपस्थिति थियो । लेखककी आमा गीता सापकोटा पनि साहित्यकार हुन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x