साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिको डँडेलो

आगोझैँ किन राजनीति खनियो लाग्यो डँडेलो हरे ! जाग्यो सङ्कट देशमा र जनता सन्त्रासमा पो परे नेता राज्य गरेर स्वर्ग-सुख झन् भोगेर हाँसो छरे नेपाली जन भ्यागुता सरह नै झ्वाम्मै कुवामा झरे ।

Nepal Telecom ad

रामशरण न्यौपाने :

(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा उत्कृष्ट २५ मा छनाेट भएकाे कविता  हाे याे ।  छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com  मा यथाशीघ्र पठाउनु होला । -प्रधान सम्पादक)

नेता गर्दछ खालि भाषण यहाँ बाँडेर आश्वासन
बाँचौला पछि स्वर्ग बन्दछ धरा भोगेर इन्द्रासन
रोजै घुक्दछ स्रोत छैन जनता उत्थान गर्ने धन
आफू बस्छ धनै लुटेर सुनको हालेर सिंहासन ॥१

खाऔला जनता कुरेर बस है हामी अघाए पछि
नाङ्गो नृत्य गरेर यो मुलुकमा खाँडो जगाए पछि
नेता भन्छ विदेशमा स्वजनले बस्ती बसाए पछि
पुस्ता सात सुतेर खान सकिने पैसा कमाए पछि ॥२

सोझा छन् जनता भएन सजिलो धान्नै यहाँ जीवन
फर्केनन् नर-लोकले श्रम गरी हाँसेर खाने दिन
भोका छन् घरका जहान दिलमा रोपिन्छ चिन्ता ठुलो
घोटी हाड बुढो परिश्रम गरी बल्दैन रोजै चुलो ॥३

आफ्नो ज्ञान तथा कला कुशलता पोख्ने थलो मासियो
भत्केको घरझैँ भयो मुलुक यो थेग्ने बलो भाँचियो
सारा दक्ष युवा विदेशिन पुगे बेचेर आफ्नो श्रम
रोक्ने हो कसरी युवा मुलुकका बाँधा हुने यो क्रम ? ॥४

छोरो जान्छ विदेश बेच्न पसिना माता बिरामी यता
छिन् वृद्धाश्रममा बडा विरहमा को दिन्छ पानी त्यता
भन्छन् धेर मनुष्यले विकृति यो भन्छन् कुनै बाध्यता
नेपाली घर बिग्रियो मनुजको संस्कार भो लापता ॥५

लाग्छन् धेर युवा विदेश अहिले बेचेर पाटो घरी
कय्यौँले परिवारमा ऋण झनै बोकाउँछन् बेसरी
धेरै वर्ष गरेर काम घरमा फर्किन्छ छोरो जब
जान्छे पोइल पो हरे कुलबधू बोकी सबै वैभव ॥६

सारा गाउँ युवा हिँडेर बहुतै न्यास्रो बनायो अब
जाने मानिस देखिएन दरिलो जन्ती मलामी तब
उम्दा उर्वर खेत बाँझिन पुगे मैदान झाडी बनी
मेला पर्म हुँदैन हाँस्न युवती रोदी र भैलो पनि ॥७

आगोझैँ किन राजनीति खनियो लाग्यो डँडेलो हरे !
जाग्यो सङ्कट देशमा र जनता सन्त्रासमा पो परे
नेता राज्य गरेर स्वर्ग-सुख झन् भोगेर हाँसो छरे
नेपाली जन भ्यागुता सरह नै झ्वाम्मै कुवामा झरे ।८

०००
(मो.नं.९८४१६१९८६२)
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x