साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नो विकास आफैँ गरौँ

पञ्च शासन गयो हेर दुःख पीर त्यस्तै जनताको शासन हो यो अब ढुक्क पारौं नून छरेको चउरमा अब घाँस चरौं आफ्नो गाउँको विकास अनि आफू आफैँ गरौं ।

Nepal Telecom ad

विश्व शाक्य :

एउटा गोरु टाट पाङग्रे अर्को गोरु काले
सडक जोत्ने हलि-बाउसे, देश जोत्न थाले
विकास जत्ति देश हो यो, कर्मचारी छरौँ
आफ्नो गाउँको विकास बाबै अनि आफै गरौँ ।

ढुङ्गा हान्ने नारा लाउने योद्धा कता गए ?
समाज सेवक राष्ट्र सेवक कि त जी.एम. भए ?
बन्द जुलुस नारा बाजी अब कहिले गरौं ?
गौमाताको र्‍याली सँगै अब अघि सरौं
आफ्नो गाउँको विकास बाबै अब आफै गरौं ।

पल्ला घरको मुखियाले बूढो गोरु फाल्यो
प्रजातन्त्रे गोठभरी माले गन्हाउन थाल्यो ।
पञ्च, काङ्ग्रेस, कम्यूनिष्ट भै अब कता सरौं ?
मीठो खाउँला लाउँला भन्दै न बाँचूँ न मरौं
आफ्नो गाउँको विकास अब आफै गरौं ।

राणा शासन गयो बाबै रोग, भोक उस्तै,
पञ्च शासन गयो हेर दुःख पीर त्यस्तै
जनताको शासन हो यो अब ढुक्क पारौं
नून छरेको चउरमा अब घाँस चरौं
आफ्नो गाउँको विकास अनि आफू आफैँ गरौं ।

रूख बुटो छैन केही माटो पैह्रो गयो
शहरमा छोरा बुहारी सुकुम्वासी भयो ।
कस्ले जोतोस् खेतवारी कस्को भर परौं ?
भ्रष्टाचार त गर्नै भएन कमिशन मात्र सोरौं
आफ्नो गाउँको विकास अनि आफू आफैँ गरौं ।

०००
’यमराजको निम्तो’ (२०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x