साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिस्स बुढी हरिया दाँत

अरूलाई अनुशासनमा राख्न चाहने जो कोही पनि पहिला आफू अनुशासित हुनु पर्दछ अनि मात्रै परिणाम सुखद प्राप्त हुन्छ । नत्र त “हिस्स बुढी हरियो दाँत ।”

Nepal Telecom ad

अशोककुमार शिवा :

‘अनु’ र ‘शासन’ मिलेर बनेको शव्द अनुशासनको खास अर्थ नियम र काईदामा रहेर अनुशिलन काम गर्नु भन्ने हुन्छ । अनुशासन जीवनको अपरिहार्य चिज हो । अनुशासन बिना जीवन अपूणर् र असफल हुने निश्चित हुन्छ । अनुशासन भनेको हाम्रो शरीर, दिमाग र आत्मालाई आफ्नो नियन्त्रणमा राख्नु पनि हो । अनुशासन शब्द सानो छ तर यसको वजन पृथ्वीको भन्दा बढी छ । यसैले जीवनको हरेक क्षण अनुशासन जरुरी पर्दछ ।

अनुशासन पालना भन्नाले आत्मनियन्त्रणमा व्यवहार, उचित अधिकार र आदेशको पालना गर्नु बुझिन्छ । हरेक कर्मयोगीहरूमा कडा अनुशासन जरुरी पर्छ । आफूलाई कर्मयोगी हुँ भन्ने तर अनुशासनमा नबस्नेको कर्म निरर्थक र परिणामसून्य हुन्छ । मानिसलाई अनुशासन सिकाउन अनेकन शारीरिक व्यायाम, योग र मेडिटेशनहरू गराउने गरिन्छ । जो जो यी कुराहरूमा अनुशिलनताका साथ लागिपर्छन् तिनै भविष्यमा सफल हुने गर्दछन् । जो आफू अनुशासित छु भन्दै अनुशिलनको बिचारसम्म गर्दैन त्यो ढोंगी मात्रै हो । ऊसँग अनुशासन नाम मात्रैको हुने गर्दछ ।

फेरि अनुशासित भएर बस्नु भनेको चुपचाप आँखा चिम्लेर आसनमा बसिरहनु पनि होइन । कोही आफ्नो काममा अब्वल छ र उसले गरेको कार्य सम्पादन परिणाममूखी छ भने त्यस क्षेत्रमा उस्को निरन्तरता अपरिहार्य हुन्छ । तर यहकका जो जो अनुशासित रहेर जिम्मेवारीबोध गर्दै सफल काम गर्ने गर्छन् तिनै हरेक ठाउकक र समयमा खतरामा रहने गर्छन् । मानिसको स्वभाव नै यस्तै हुने रहेछ । अर्कोले केही राम्रो गर्‍यो कि त त्यसको खुट्टा तान्नको लागी खुट्टा कता छ भनेर खोजिहाल्ने प्रचलन छ ।

तर, के सबै ठाउँ सबै जिम्मेवारी टिकटक लाइभमा गेष्टमा बसेजस्तो हो र ? होष्टलाई जतिखेर मनलाग्यो दर्शकदीर्घामा मिल्काई दिई हाल्ने । बिचराले आफ्नो प्रस्तुति सकेर प्रतिक्रिया पनि राम्ररी सुनिसक्न पाएको हुँदैन अनि आफ्ना प्रशंसकलाई धन्यवादसम्म दिन भ्याएको हुदैन फुत्त मिल्काई दियो सकियो । हुन त काम सञ्चालन गर्न जिम्मेवारी लिएर बसेकोलाई पनि गाह्रै छ । जताततैको प्रेसर खप्नु पर्छ । फेरि हामी सबैलाई आफूमा ज्ञान होस् कि नहोस् आफ्नो शो-अप गर्नै हतारो हुन्छ । पालो पनि सबैको पुर्‍याउनु नै पर्ने । धैर्यताका साथ कुरेर बस्न सक्ने क्षमता कमैमा मात्रै हुने गर्दछ । धैर्यता जोसँग छ अक्सर कोपभाजनमा तिनै पर्ने निश्चित ।

फेरि यो नातागोता भाइभतिजा शासन प्रशासन अड्डा अदालतमा मात्रै हुने हो र सामाजिक सञ्जालका प्रत्यक्ष प्रसारित कार्यक्रमहरूमा समेत हुने गर्छ । तल दर्शकदीर्घामा मेरो फलानो मेरो चिलानो छ तान्नुपर्‍यो भन्नेहरू जमेरै बसेका हुन्छन् । तान्यो उसको तुके वा बेतुके गन्थन सुन्यो अनि भन्यो वाओ वाओ ! सुन्दर ! अत्यन्त उत्कृष्ठ प्रस्तुति । अनि फेरि हामी नै भन्छौ देश चलाउनेहरू नातावादमा लिप्त भए कृपावादमा डुबे हे दैव, हामी आफू कहिले सप्रिने ? पीडक र पीडित नहुने कुनै ठाउँ नपाइँदो रहेछ ।

देश रेमिटान्सले चलेको छ बैदेशिक रोजगारमा जानेहरूले निरन्तर रेमिटान्स पठाउने गर्नुस् पनि हामी नै भन्छौ अनि युवाहरूलाई देशमा राखिनस् विदेश धकेलिस् भनेर हामी नै बिरोध पनि गर्ने गर्छौं । यो दोग्ला प्रवृत्ति तुरुन्तै समाप्तभागी छ । काम गरे गर नगरे नगर तर घरमा नै बसिराख भन्ने अनि एकाध फुत्त भागेर गाउँ डुली ल्याएको कोसेली फुत्त पारेर दियो भने प्रफुल्ल हुने अचम्मको बानी छ हाम्रो ।

कसैले जिम्मेवारीपूणर् मेहनतका साथ काम गरेर आफ्नो घर व्यवहार सुधार्‍यो भने उसलाई त अझ धेरै जिम्मेवार बनाउँदै काममा लगाउनु पर्ने हो । तर यहाँ त अर्कोको साखिलो हुनलाई काममा अब्वललाई नै फुत्त दुधमा परेको झिंगा मिल्काए झै मिल्काउने चलन छ । दुधबाट मिल्किएको झिंगा न तुरुन्त उड्न सक्छ न केही गर्नसक्छ । उसका पखेटामा लागेका दुधका अंशहरू सुकिसक्दा धेरै ढिला भैसकेको हुन्छ । त्यसैले अरूलाई अनुशासनमा राख्न चाहने जो कोही पनि पहिला आफू अनुशासित हुनु पर्दछ अनि मात्रै परिणाम सुखद प्राप्त हुन्छ । नत्र त “हिस्स बुढी हरियो दाँत ।”

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x