साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिस्स बुढी हरिया दाँत

अरूलाई अनुशासनमा राख्न चाहने जो कोही पनि पहिला आफू अनुशासित हुनु पर्दछ अनि मात्रै परिणाम सुखद प्राप्त हुन्छ । नत्र त “हिस्स बुढी हरियो दाँत ।”

Nepal Telecom ad

अशोककुमार शिवा :

‘अनु’ र ‘शासन’ मिलेर बनेको शव्द अनुशासनको खास अर्थ नियम र काईदामा रहेर अनुशिलन काम गर्नु भन्ने हुन्छ । अनुशासन जीवनको अपरिहार्य चिज हो । अनुशासन बिना जीवन अपूणर् र असफल हुने निश्चित हुन्छ । अनुशासन भनेको हाम्रो शरीर, दिमाग र आत्मालाई आफ्नो नियन्त्रणमा राख्नु पनि हो । अनुशासन शब्द सानो छ तर यसको वजन पृथ्वीको भन्दा बढी छ । यसैले जीवनको हरेक क्षण अनुशासन जरुरी पर्दछ ।

अनुशासन पालना भन्नाले आत्मनियन्त्रणमा व्यवहार, उचित अधिकार र आदेशको पालना गर्नु बुझिन्छ । हरेक कर्मयोगीहरूमा कडा अनुशासन जरुरी पर्छ । आफूलाई कर्मयोगी हुँ भन्ने तर अनुशासनमा नबस्नेको कर्म निरर्थक र परिणामसून्य हुन्छ । मानिसलाई अनुशासन सिकाउन अनेकन शारीरिक व्यायाम, योग र मेडिटेशनहरू गराउने गरिन्छ । जो जो यी कुराहरूमा अनुशिलनताका साथ लागिपर्छन् तिनै भविष्यमा सफल हुने गर्दछन् । जो आफू अनुशासित छु भन्दै अनुशिलनको बिचारसम्म गर्दैन त्यो ढोंगी मात्रै हो । ऊसँग अनुशासन नाम मात्रैको हुने गर्दछ ।

फेरि अनुशासित भएर बस्नु भनेको चुपचाप आँखा चिम्लेर आसनमा बसिरहनु पनि होइन । कोही आफ्नो काममा अब्वल छ र उसले गरेको कार्य सम्पादन परिणाममूखी छ भने त्यस क्षेत्रमा उस्को निरन्तरता अपरिहार्य हुन्छ । तर यहकका जो जो अनुशासित रहेर जिम्मेवारीबोध गर्दै सफल काम गर्ने गर्छन् तिनै हरेक ठाउकक र समयमा खतरामा रहने गर्छन् । मानिसको स्वभाव नै यस्तै हुने रहेछ । अर्कोले केही राम्रो गर्‍यो कि त त्यसको खुट्टा तान्नको लागी खुट्टा कता छ भनेर खोजिहाल्ने प्रचलन छ ।

तर, के सबै ठाउँ सबै जिम्मेवारी टिकटक लाइभमा गेष्टमा बसेजस्तो हो र ? होष्टलाई जतिखेर मनलाग्यो दर्शकदीर्घामा मिल्काई दिई हाल्ने । बिचराले आफ्नो प्रस्तुति सकेर प्रतिक्रिया पनि राम्ररी सुनिसक्न पाएको हुँदैन अनि आफ्ना प्रशंसकलाई धन्यवादसम्म दिन भ्याएको हुदैन फुत्त मिल्काई दियो सकियो । हुन त काम सञ्चालन गर्न जिम्मेवारी लिएर बसेकोलाई पनि गाह्रै छ । जताततैको प्रेसर खप्नु पर्छ । फेरि हामी सबैलाई आफूमा ज्ञान होस् कि नहोस् आफ्नो शो-अप गर्नै हतारो हुन्छ । पालो पनि सबैको पुर्‍याउनु नै पर्ने । धैर्यताका साथ कुरेर बस्न सक्ने क्षमता कमैमा मात्रै हुने गर्दछ । धैर्यता जोसँग छ अक्सर कोपभाजनमा तिनै पर्ने निश्चित ।

फेरि यो नातागोता भाइभतिजा शासन प्रशासन अड्डा अदालतमा मात्रै हुने हो र सामाजिक सञ्जालका प्रत्यक्ष प्रसारित कार्यक्रमहरूमा समेत हुने गर्छ । तल दर्शकदीर्घामा मेरो फलानो मेरो चिलानो छ तान्नुपर्‍यो भन्नेहरू जमेरै बसेका हुन्छन् । तान्यो उसको तुके वा बेतुके गन्थन सुन्यो अनि भन्यो वाओ वाओ ! सुन्दर ! अत्यन्त उत्कृष्ठ प्रस्तुति । अनि फेरि हामी नै भन्छौ देश चलाउनेहरू नातावादमा लिप्त भए कृपावादमा डुबे हे दैव, हामी आफू कहिले सप्रिने ? पीडक र पीडित नहुने कुनै ठाउँ नपाइँदो रहेछ ।

देश रेमिटान्सले चलेको छ बैदेशिक रोजगारमा जानेहरूले निरन्तर रेमिटान्स पठाउने गर्नुस् पनि हामी नै भन्छौ अनि युवाहरूलाई देशमा राखिनस् विदेश धकेलिस् भनेर हामी नै बिरोध पनि गर्ने गर्छौं । यो दोग्ला प्रवृत्ति तुरुन्तै समाप्तभागी छ । काम गरे गर नगरे नगर तर घरमा नै बसिराख भन्ने अनि एकाध फुत्त भागेर गाउँ डुली ल्याएको कोसेली फुत्त पारेर दियो भने प्रफुल्ल हुने अचम्मको बानी छ हाम्रो ।

कसैले जिम्मेवारीपूणर् मेहनतका साथ काम गरेर आफ्नो घर व्यवहार सुधार्‍यो भने उसलाई त अझ धेरै जिम्मेवार बनाउँदै काममा लगाउनु पर्ने हो । तर यहाँ त अर्कोको साखिलो हुनलाई काममा अब्वललाई नै फुत्त दुधमा परेको झिंगा मिल्काए झै मिल्काउने चलन छ । दुधबाट मिल्किएको झिंगा न तुरुन्त उड्न सक्छ न केही गर्नसक्छ । उसका पखेटामा लागेका दुधका अंशहरू सुकिसक्दा धेरै ढिला भैसकेको हुन्छ । त्यसैले अरूलाई अनुशासनमा राख्न चाहने जो कोही पनि पहिला आफू अनुशासित हुनु पर्दछ अनि मात्रै परिणाम सुखद प्राप्त हुन्छ । नत्र त “हिस्स बुढी हरियो दाँत ।”

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x