साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अथ जँड्याहादर्शन

जिब्रो लट्पटिने गर्छ खुट्टा झन् लर्बराउँछन् जाँडभक्तहरू धेरै अङ्ग्रेजी बर्बराउँछन् ॥ पैसाको के कुरा गर्ने कनिकासरि छर्दछन् जाँडका भक्तले नित्य फुपूको श्राद्ध गर्दछन् ॥

Nepal Telecom ad

होम सुवेदी :

जाँडदर्शनको आज भन्न लागेँ कुरा जडी
हरेक घरमा जस्तो जाँडका खन्ती छन् बढी ॥

कुथुङ्ग्री म बखान्दै छु अहिले रक्सी जाँडको
कुरा नै नगरौँ होला गृहका मन्त्री खाँडको ॥

जँड्याहाले कुरा गर्दा स्वर्ग पाताल फुर्दछन्
सर्वस्व तिनले बेची रक्सी जाँड हसुर्दछन् ॥

शुद्ध अन्न कुवाएमा पर्छन् सेता किराहरू
निचोरी त्यही नै खान्छन् धतुरे धमिराहरू ॥

जो ठान्छन् मान मर्यादा जाँड हो खास वैभव
हो, तिनै धतुरेलाई जँड्याहा भन्दछन् सब ॥

जाँडको चुस्की भेटेमा शत्रु नै पनि यार छन्
भातको गाँस छाडेर जाँड धोक्न तयार छन् ॥

मान्छे छन् भात छाडेर जाँड धोक्ने थरी थरी
जाँडैमा छाड्दछन् ज्यान बचाऊ अब हे हरि ॥

धोक्नै पर्छ सकेसम्म नखाऊ भन्नु के गरी
थोरै खान्थे कुनै बेला खाने हुन्थे अजम्मरी ॥

उपध्रो गर्दछन् भेटे जँड्याहा भतुवाहरू
धतुरो जाँग वा भाङ रक्सीले मतुवाहरू ॥

जता हुन्छ त्यतै ल्याप्चे सहजैसित थिच्तछन्
अरू बेच्ने कुरा छाडौँ छोरी बेचेर घिच्तछन् ॥

साटासाट गरी पत्नी जँड्याहाहरू सुत्तछन्
त्यस्तोमा प्रहरी आए तिनैले धोती मुत्तछन् ॥

जिब्रो लट्पटिने गर्छ खुट्टा झन् लर्बराउँछन्
जाँडभक्तहरू धेरै अङ्ग्रेजी बर्बराउँछन् ॥

पैसाको के कुरा गर्ने कनिकासरि छर्दछन्
जाँडका भक्तले नित्य फुपूको श्राद्ध गर्दछन् ॥

जाँडको झोल धोकेर राजा ठान्छन् भुरेहरू
संसारै वशमा मान्छन् जँड्याहा धतुरेहरू ॥

नयाँ धरहराबाट हाम फाल्ने झिकी सुर
बिहानै जाँडको घोडा चढ्छन् जङ्गबहादुर ॥

जाँडका सुरमा मान्छन् संसारै निजको घर
महाराज स्वयं ठान्छन् स्वयं बन्छन् धुरन्धर ॥

नहुँदा जाँडको घ्याम्पो देखिन्छन् अति काँतर
जाँडपानी जसै चढ्छ मान्छन् भव्य धनुर्धर ॥

पत्नीका गहना बेची घाँटी शीतल गर्दछन्
यो देखी धतुरे बाबा शिव नै दङ्ग पर्दछन् ॥

जाँडको सुरमा आफ्नो गोप्यता खोल्न थाल्दछन्
नेपाली बोल्न छाडेर अङ्ग्रेजी बोल्न थाल्दछन् ॥

कोरोनाबाट संसारै आज देखिन्छ थर्थरी
जाँडको झोलमा सिङ्गै हाम्रो देश बगेसरि ॥

जँड्याहा धतुरे हाम्रो नाङ्गो सर्कार बोल्दछ
दूध उद्योग छाडेर दारु उद्योग खोल्दछ ॥

यता रित्ता सबै पेट उता नाच नचाउँछन्
बाबु चाहिँ खरो पानी जाँड मात्रै अचाउँछन् ॥

जँड्याहा धतुरे सामु हल्लँदै जब आउँछ
नखाने मनुवालाई हस्स नर्क गनाउँछ ॥

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x