साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खान छैन सागभात

देशमा छ काल दुःख मोज मात्र गर्छु भन्छ छैन वस्त्र छैन अन्न खान धेर पर्छ भन्छ ॥

Nepal Telecom ad

दुर्गा रिमाल अधिकारी :

१.
खान छैन मिष्ठ वस्तु खान छैन दालभात
खान छैन अन्नपात खान छैन सागभात
भ्रष्ट मात्र खेति गर्छ घूस खान्छ फूर्ति गर्छ
जानकार हूँ म भन्छ भोक लाग्छ खान सर्छ ॥

२.
इष्टमित्र पाल्छु भन्छ खान दिन्नँ, हुन्न भन्छ
मोलतोल गर्छ मात्र किन्न हुन्न, मात्र भन्छ
देशमा छ काल दुःख मोज मात्र गर्छु भन्छ
छैन वस्त्र छैन अन्न खान धेर पर्छ भन्छ ॥

३.
मर्न पर्छ साथ हुन्न मान छैन आज भन्छ
राम कृष्ण भज्छ भ्रष्ट शौंच गर्छ, द्वार देख्छ
खान छैन खाद्य अन्न खान हुन्न, ती रुपैयाँ
साँझ हुन्छ रात पर्छ भ्रष्ट हुन्न ती गवैया ॥

४.
एक पल्ट खान्छ धेर खान्छ हार मात्र बस्छ
दाम नाम छैन हेर कुच्चिएछ पात्र माझ्छ
साम, दान, दण्ड, भेद राज मात्र खोलिएछ
बन्न हुन्न भ्रष्ट आज छैन धर्म पाप जाग्छ ॥

०००
२०८०।२।३०। मंगलबार
कलङ्की- १४, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
मूर्ख मानिसको मति

मूर्ख मानिसको मति

दुर्गा रिमाल अधिकारी
रिस

रिस

दुर्गा रिमाल अधिकारी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी
इतिहास कि बितियाँस ?

इतिहास कि बितियाँस ?

दुर्गा रिमाल अधिकारी
निष्ठाको नमस्कार !

निष्ठाको नमस्कार !

दुर्गा रिमाल अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x