साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को हौ तिमी ! मेरो नाम राख्ने ?

हाम्री बजूले टेकेको यो माटो ! हाम्रा बाजेले पसिना पोखेको यो पाटो ! मलाई जीवन भन्दा प्रिय लाग्छ ! त्यसैले म ! माटो उठाएर कसम खान्छु ! तिम्रो मालिकले राखिदिएको नाम आजैबाट बहिस्कार गर्छु !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

को हौ तिमी ?
मेरो अस्तित्वमाथि धावा बोल्ने ?
मेरा आमा र बाको !
रक्त सम्बन्ध बिरोधी !
मेरो नाम राख्ने ?

म बिरोध गर्छु,
तिम्रो यो अनधिकृत हर्कतको ।
पुर्खाको कसम खाएर,
घोषणा गर्छु !
चर्को आवाजमा भन्छु !
म तिम्रो मालिकले राखिदिएको नाम,
बहिस्कार गर्छु !

तिमीसँग सत्ताको लाठी छ !
बन्दुक छ !
बजार, हाम्रा शिरमाथि लाठी !
ठोक, हाम्रा छातीमाथि गोली !
तर म मेरो बाजेको कसम खाएर भन्छु !
म तिम्रो मालिकले राखिदिएको
नाम बहिस्कार गर्छु !

हाम्री बजूले टेकेको यो माटो !
हाम्रा बाजेले पसिना पोखेको यो पाटो !
मलाई जीवन भन्दा प्रिय लाग्छ !
त्यसैले म !
माटो उठाएर कसम खान्छु !
तिम्रो मालिकले राखिदिएको नाम
आजैबाट बहिस्कार गर्छु !

०००
४ चैत्र, २०७९
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x