सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

को हौ तिमी ! मेरो नाम राख्ने ?

हाम्री बजूले टेकेको यो माटो ! हाम्रा बाजेले पसिना पोखेको यो पाटो ! मलाई जीवन भन्दा प्रिय लाग्छ ! त्यसैले म ! माटो उठाएर कसम खान्छु ! तिम्रो मालिकले राखिदिएको नाम आजैबाट बहिस्कार गर्छु !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

को हौ तिमी ?
मेरो अस्तित्वमाथि धावा बोल्ने ?
मेरा आमा र बाको !
रक्त सम्बन्ध बिरोधी !
मेरो नाम राख्ने ?

म बिरोध गर्छु,
तिम्रो यो अनधिकृत हर्कतको ।
पुर्खाको कसम खाएर,
घोषणा गर्छु !
चर्को आवाजमा भन्छु !
म तिम्रो मालिकले राखिदिएको नाम,
बहिस्कार गर्छु !

तिमीसँग सत्ताको लाठी छ !
बन्दुक छ !
बजार, हाम्रा शिरमाथि लाठी !
ठोक, हाम्रा छातीमाथि गोली !
तर म मेरो बाजेको कसम खाएर भन्छु !
म तिम्रो मालिकले राखिदिएको
नाम बहिस्कार गर्छु !

हाम्री बजूले टेकेको यो माटो !
हाम्रा बाजेले पसिना पोखेको यो पाटो !
मलाई जीवन भन्दा प्रिय लाग्छ !
त्यसैले म !
माटो उठाएर कसम खान्छु !
तिम्रो मालिकले राखिदिएको नाम
आजैबाट बहिस्कार गर्छु !

०००
४ चैत्र, २०७९
गोरखा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
हैट सल्लाहकार जिन्दगी !

हैट सल्लाहकार जिन्दगी !

सुभाषचन्द्र देवकाेटा
उस्तै तिमी, उस्तै ऊ !

उस्तै तिमी, उस्तै ऊ...

सुभाषचन्द्र देवकाेटा
बिन्ती छ देशघात नगर

बिन्ती छ देशघात नगर

सुभाषचन्द्र देवकाेटा
मेरी आमा, तिम्री आमा

मेरी आमा, तिम्री आमा

सुभाषचन्द्र देवकाेटा
गणतन्त्र गीत

गणतन्त्र गीत

होम सुवेदी
आदर्श नेता

आदर्श नेता

हृषीकेश बराल
भिडहरू !

भिडहरू !

महादीप पाेखरेल
क्रूर ओढार

क्रूर ओढार

अनिल श्रेष्ठ
परिवेश

परिवेश

हेमराज पन्त