साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुच्छर उम्रिएपछि

जिब्रो लामो भएर बाहिर निस्कियो, राल चुहियो । अनि म आफ्नै पुच्छरको गल्थो मुठ्याएर प्रश्न गर्न बाध्य हुन्छ -कुन जादुगर्नीले मलाई पहेंला अछेता छर्केर कुकुर बनाई है ? फेरि म कसरी मान्छे हुन सकूँला ?

Nepal Telecom ad

कीर्तिशेष रुद्र खरेल :

म बाकस अघिल्तिर बसेको छु, रिमोट कन्ट्रोल हातमा लिएर । एकाएक म नेपाल टेलिभिजनमा पण्डितको निख्लो भाषण सुन्न पुग्छ । वाक्क लागेर रामदेवतिर उफ्रिन्छु । फेसन सो हेर्छु, उः उतापट्टि विज्ञापन आयो- भेरी भेरी सेक्सी आइमाई भनेर एउटी काली काली युवतीलाई चिनाइयो । ऊ कुनातिर जागी र एकजना लाठेसँग कम्बलभित्र नाङ्गिई । त्यसपछि त्यहाँ हेर्न रहस्य नै बाँकी के रह्यो र ? मेरो पालो अर्को चेनलमा बुरुक्क उफ्रिन्छु, अर्को पछि अर्को । यसरी म दर्जनौं चेनल चाहार्छु ।

एउटा चेनलमा टक्क रोकिन्छु । रोमाञ्चपूणर् नाच चलिरहेको छ । तन्नेरीहरू लुगा खोलेर ताण्डवनृत्य नाचिरहेका छन्, युवतीहरूसँगै । कोही उफ्रिरहेछन्, बुरुक बुरुक….. । रक्सीका बोतलहरू रित्तिदा छन्, जोवनको पसिनासँगै । नाच्दा नाच्दै एउटीले पेन्ट खोली, कलात्मक शैलीले । गीत चलिरहेकै छ, नाच बलिरहेकै छ, प्याला रित्तिदै छन् । यहाँ नयाँ स्वर्ग छ । सायद यो गो लोक हो, ब्रम्हलोक हो, वैकुण्ठ लोक हो बैंस, वसन्त र नसासेवनको महालोक हो । – सोमरस पिएर इन्द्र र मेनकाहरू नाचिरहेका छन् । यही छन् वरुण, मित्र, उबंसी, पुररवा र महामुनि विश्वामित्रहरू ।

एक पछि अर्को चेनलमा बुर्कुसी मार्दामार्दै एक्कासी मेरो देब्रे हात पछिल्तिर रछ । मेरिबास्सै ! पछिल्तिर मेरो पुच्छर उम्रिसकेछ । मेरो हातले येमानको खाएर भोक शान्त गर्न । मेरो ओरिपरि एक हुल आकृतिहरू हातमा हड्डी पच्चरको फुर्को समात्यो । म पुच्छर हल्लाएर कान ठाडा पार्दैछु, हरेक चेनल लिएर मलाई लोभ्याइरहेका छन् । म हड्डी चपाउन राल चुहाउदै दौडिन्छु, उखाएर हड्डी देखाउने आकृति भागिरहेछ । अर्कोतिर दौडिन्छु, अर्को पनि भागिहाल्छ । अर्को फेरि हड्डी लिएर मतिर आउँछ । म नजिक पुग्छु ऊ पनि फेरि भाग्छ । हातमा हड्डी लिएर आकृतिहरू उभिएका छन्, मलाई कल्पाउन ।

मेरो जिब्राबाट तपतप र्‍याल चुहिरहेको छ । दाँतहरूले पुरै कुकुरको चोला फेरेका छन् । हाम्रो पनि अलिक च्यातिएको अनुभव गर्दैछु । भोक खपिसक्नु हुँदैन । म रुन लाग्छु । मेरो रुवाइमा कुकुरको स्वर प्रष्टै सुनिन्छ हुँ हुँ हुँ ।

अब चाहिँ म साँच्चि नै थाकें, दौडदा दौडदै । मैले कुनै अलच्छिनाको हातको एक टुक्रो हाड खोस्न सकिन । घरि पुच्छर हल्लाएँ, घरि मगन्ते आँखा तेस्र्याएँ, घरि दुई खुट्टा टेकेर हाड समाउने हाततिर उफ्रिएँ, तर सबै प्रयास बेकार म जति उफ्रिन्छु उति नै हाड माथि जान्छ । फेरि हातहरू तल आउछन्, म उफ्रिन्छु । मेरो यो एक्रोबायटिक्स चलिरहन्छ । एउटा भिड जसले मतिर हाडको टुक्रो देखाइरहेको छ । म त्यस भिडतिर दौडिन्छु कुइँ कुइँ गर्छ, पुच्छरको थुंगो हल्लाउँछु, र्याल चुहाउँछु, दाँत देखाउँछु… सबथोक गर्छु । म हातमा हड्डी बोकेको आकृति नेर-नेर त पुग्छु, तर त्यस कपटीले मलाई सजिलै छल्छ र उल्टै यस घटनाबाट मनोरञ्जन लिन्छ ।

यसरी मेरो पुच्छर उम्रियो । मेरा कान तीखा र ठाडा भए, दाँतहरू हाड टोक्न सुहाउँदा बने । जिब्रो लामो भएर बाहिर निस्कियो, राल चुहियो । अनि म आफ्नै पुच्छरको गल्थो मुठ्याएर प्रश्न गर्न बाध्य हुन्छ -कुन जादुगर्नीले मलाई पहेंला अछेता छर्केर कुकुर बनाई है ? फेरि म कसरी मान्छे हुन सकूँला ?

०००
‘शब्दको भ्वाङ’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साहित्य र जाँड

साहित्य र जाँड

रुद्र खरेल
विवाह

विवाह

सुरेशकुमार पाण्डे
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
डोजर पुराण

डोजर पुराण

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x