सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पुच्छर उम्रिएपछि

जिब्रो लामो भएर बाहिर निस्कियो, राल चुहियो । अनि म आफ्नै पुच्छरको गल्थो मुठ्याएर प्रश्न गर्न बाध्य हुन्छ -कुन जादुगर्नीले मलाई पहेंला अछेता छर्केर कुकुर बनाई है ? फेरि म कसरी मान्छे हुन सकूँला ?

Nepal Telecom ad

कीर्तिशेष रुद्र खरेल :

म बाकस अघिल्तिर बसेको छु, रिमोट कन्ट्रोल हातमा लिएर । एकाएक म नेपाल टेलिभिजनमा पण्डितको निख्लो भाषण सुन्न पुग्छ । वाक्क लागेर रामदेवतिर उफ्रिन्छु । फेसन सो हेर्छु, उः उतापट्टि विज्ञापन आयो- भेरी भेरी सेक्सी आइमाई भनेर एउटी काली काली युवतीलाई चिनाइयो । ऊ कुनातिर जागी र एकजना लाठेसँग कम्बलभित्र नाङ्गिई । त्यसपछि त्यहाँ हेर्न रहस्य नै बाँकी के रह्यो र ? मेरो पालो अर्को चेनलमा बुरुक्क उफ्रिन्छु, अर्को पछि अर्को । यसरी म दर्जनौं चेनल चाहार्छु ।

एउटा चेनलमा टक्क रोकिन्छु । रोमाञ्चपूणर् नाच चलिरहेको छ । तन्नेरीहरू लुगा खोलेर ताण्डवनृत्य नाचिरहेका छन्, युवतीहरूसँगै । कोही उफ्रिरहेछन्, बुरुक बुरुक….. । रक्सीका बोतलहरू रित्तिदा छन्, जोवनको पसिनासँगै । नाच्दा नाच्दै एउटीले पेन्ट खोली, कलात्मक शैलीले । गीत चलिरहेकै छ, नाच बलिरहेकै छ, प्याला रित्तिदै छन् । यहाँ नयाँ स्वर्ग छ । सायद यो गो लोक हो, ब्रम्हलोक हो, वैकुण्ठ लोक हो बैंस, वसन्त र नसासेवनको महालोक हो । – सोमरस पिएर इन्द्र र मेनकाहरू नाचिरहेका छन् । यही छन् वरुण, मित्र, उबंसी, पुररवा र महामुनि विश्वामित्रहरू ।

एक पछि अर्को चेनलमा बुर्कुसी मार्दामार्दै एक्कासी मेरो देब्रे हात पछिल्तिर रछ । मेरिबास्सै ! पछिल्तिर मेरो पुच्छर उम्रिसकेछ । मेरो हातले येमानको खाएर भोक शान्त गर्न । मेरो ओरिपरि एक हुल आकृतिहरू हातमा हड्डी पच्चरको फुर्को समात्यो । म पुच्छर हल्लाएर कान ठाडा पार्दैछु, हरेक चेनल लिएर मलाई लोभ्याइरहेका छन् । म हड्डी चपाउन राल चुहाउदै दौडिन्छु, उखाएर हड्डी देखाउने आकृति भागिरहेछ । अर्कोतिर दौडिन्छु, अर्को पनि भागिहाल्छ । अर्को फेरि हड्डी लिएर मतिर आउँछ । म नजिक पुग्छु ऊ पनि फेरि भाग्छ । हातमा हड्डी लिएर आकृतिहरू उभिएका छन्, मलाई कल्पाउन ।

मेरो जिब्राबाट तपतप र्‍याल चुहिरहेको छ । दाँतहरूले पुरै कुकुरको चोला फेरेका छन् । हाम्रो पनि अलिक च्यातिएको अनुभव गर्दैछु । भोक खपिसक्नु हुँदैन । म रुन लाग्छु । मेरो रुवाइमा कुकुरको स्वर प्रष्टै सुनिन्छ हुँ हुँ हुँ ।

अब चाहिँ म साँच्चि नै थाकें, दौडदा दौडदै । मैले कुनै अलच्छिनाको हातको एक टुक्रो हाड खोस्न सकिन । घरि पुच्छर हल्लाएँ, घरि मगन्ते आँखा तेस्र्याएँ, घरि दुई खुट्टा टेकेर हाड समाउने हाततिर उफ्रिएँ, तर सबै प्रयास बेकार म जति उफ्रिन्छु उति नै हाड माथि जान्छ । फेरि हातहरू तल आउछन्, म उफ्रिन्छु । मेरो यो एक्रोबायटिक्स चलिरहन्छ । एउटा भिड जसले मतिर हाडको टुक्रो देखाइरहेको छ । म त्यस भिडतिर दौडिन्छु कुइँ कुइँ गर्छ, पुच्छरको थुंगो हल्लाउँछु, र्याल चुहाउँछु, दाँत देखाउँछु… सबथोक गर्छु । म हातमा हड्डी बोकेको आकृति नेर-नेर त पुग्छु, तर त्यस कपटीले मलाई सजिलै छल्छ र उल्टै यस घटनाबाट मनोरञ्जन लिन्छ ।

यसरी मेरो पुच्छर उम्रियो । मेरा कान तीखा र ठाडा भए, दाँतहरू हाड टोक्न सुहाउँदा बने । जिब्रो लामो भएर बाहिर निस्कियो, राल चुहियो । अनि म आफ्नै पुच्छरको गल्थो मुठ्याएर प्रश्न गर्न बाध्य हुन्छ -कुन जादुगर्नीले मलाई पहेंला अछेता छर्केर कुकुर बनाई है ? फेरि म कसरी मान्छे हुन सकूँला ?

०००
‘शब्दको भ्वाङ’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad