साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गमलाखेती उद्योग

गमला तयार पार असारे गीत बजाऊ भारतबाट झिकाएर दही चिउरा खाऊ रमाइलो मनाऊ मन्त्रीलाई बिउको माला लाइदेऊ रोप्न चाहिने मल पाक्ने बेलामा ल्याइदेऊ आँखा उघार जारको एक लोहोटा पानी तयार पार

Nepal Telecom ad

होम सुवेदी :

पोहोरजस्तै
यो वर्ष पनि
असार लागेको छ
पोहोरझैँ यो साल पनि
कृषिप्रधान देशमा
कृषिकर्म जागेको छ
कृषिप्रधान देशले
कृषिकर्म मागेको छ
हाम्रो कान्छो भने कृषिकर्म गर्न
मलेसियातिर लागेको छ
कान्छीलाई पनि
दुबै जाने भुत जागेको छ
देशले उद्योगधन्दा मागेको छ
यता बेँसी बाँझै छ त के भो
यहाँ खेत बाँझै छन् त के भो
विहारबाट धान मगाउँला
खाडीमा पैसा कमाउँला
अघाउँजी धानको भात खाउँला
असार लागेको छ
गमलामा रोपाइँको धुम छ
कौसीमा मकै फलाएर
बुम बुम छ
अहिले कृषि मन्त्रालयको उधुम छ
अधिकृतहरूलाई हतारो छ
धान रोप्ने चटारो छ
मन्त्रीलाई सारो छ
अतिथिमा आइजाइ छ
मन्त्रीलाई भ्याई नभ्याई छ

गमला तयार पार
असारे गीत बजाऊ
भारतबाट झिकाएर
दही चिउरा खाऊ
रमाइलो मनाऊ
मन्त्रीलाई बिउको माला लाइदेऊ
रोप्न चाहिने मल
पाक्ने बेलामा ल्याइदेऊ
आँखा उघार
जारको एक लोहोटा पानी
तयार पार
असार लागेको छ
बुद्धिको बिर्को उघार
काम गर्न अरब जाऊ
यहाँ खुट्टा पसार
देशमा केही भएन भनी
गोहीको आँसु झार
मन्त्रीको हाई हाई छ
असारको सिजन न पर्‍यो
मन्त्रीलाई भ्याई नभ्याई छ ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x