साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म कम्युनिस्ट

म कम्युनिस्ट साँझमा भट्टी जान्छु रातिसम्म बस्छु मम, छोयला र भुटुवा खान्छु सोमरसले आन्द्रा भर्छु काला व्यापारी काला ठेकेदार बिचौलिया दलालहरूलाई भेट्छु उनीहरूसँग रकम असुल्छु र घर फर्किन्छु म कम्युनिस्ट ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

म कम्युनिस्ट
बिहान झिसमिसेमै उठ्छु
मैले पुर्खाको धर्मलाई छोडेको छैन
श्रीमतीहरूलाई खुट्टा ढोग्न लाउँछु
जनै कानमा सिउरेर ट्वाइलेट जान्छु
गायत्री मन्त्र जप्छु
नुहाइ धुवाइ गर्छु
पूजा पाठ गर्छु
हरेराम हरेकृष्ण फलाक्छु
घण्टी बजाउँछु
शङ्ख फुक्छु
भगवानसँग वरदान माग्छु
निधारभरि यत्ति लामो टीका लाउँछु
चिया खाजा खान्छु
भेट्न आउनेहरूसँग
विचार विमर्श गर्छु
धोतीपाटा फेर्छु
औसानी हाल्छु
अनि भुजा खान्छु
म कम्युनिस्ट ।

म कम्युनिस्ट
दिउँसो पार्टी कार्यालय जान्छु
सबभन्दा पहिला
आफ्ना गुटका हनुमानहरूलाई भेट्छु
आफ्नो तारीफ आफैँले गर्छु
अरूलाई गाली गर्छु
केन्द्रमा फोन गर्छु
आउँदो चुनावमा
आफूले टिकट नपाए
पार्टीले हार्छ भन्छु
र टिकट पक्का गर्छु
कुनै अराजक कार्यकर्ताले
मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको
फोटाहरू टाँसेको छ भने
ती फोटाहरू हटाउन लाउँछु
र अब यस्ता थोत्रा नेताहरूको
नेपालमा खाँचो छैन भन्छु
म कम्युनिस्ट ।

म कम्युनिस्ट
साँझमा भट्टी जान्छु
रातिसम्म बस्छु
मम, छोयला र भुटुवा खान्छु
सोमरसले आन्द्रा भर्छु
काला व्यापारी
काला ठेकेदार
बिचौलिया
दलालहरूलाई भेट्छु
उनीहरूसँग रकम असुल्छु
र घर फर्किन्छु
म कम्युनिस्ट ।

म कम्युनिस्ट
बिदाको दिन
म झन् मनमौजी हुन्छु
घरमा दुईदुई जनाले नपुगेर
बाहिर ठाउँठाउँमा
थुप्रै कान्छीहरूलाई राखेको छु
कहिले कता पुग्छु कहिले कता पुग्छु
उनीहरूसँग एकान्तवास बस्छु
रमाइलो गर्छु
र उनीहरूलाई खर्च दिन्छु
म कम्युनिस्ट ।

तपाईंहरूलाई थाहा छ ?
म यो देशको
एउटा खाँटी कम्युनिस्ट हुँ
र म नभए पार्टी चल्दैन ।

०००
हेटौँडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x