साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तो लाग्छ

पद पैसा मागे जति, दिन सक्छौ भने नर्क भन्दा पनि तल, झरौंजस्तै लाग्छ ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

तलव भत्ता मात्र मिल्दा, मरौंजस्तै लाग्छ
मौका छोपी रित्तो बाकस, भरौंजस्तै लाग्छ

न त संस्कृत पढ्नु पर्ने, न अङ्ग्रेजी चाहिने
त्यसैले त राजनीति, गरौंजस्तै लाग्छ

बानेश्वरको सभाहलमा, भिडभाड हुँदा
प्रमोशन भै सिंहदरबार, तरौंजस्तै लाग्छ

खुरिखण्ड भइसकेको, खर्कतिर होइन
आइ सी डलरको चरन, चरौंजस्तै लाग्छ

जुन दलको टिकटमा, चुनाव जिते पनि
जागिर मिले अर्को घर, सरौंजस्तै लाग्छ

नयाँ ठूला योजनालाई, भित्र्याउन पाए
बिटा थन्क्याएर मोहर, छरौंजस्तै लाग्छ

हिसाबकिताब नआउनेलाई, छोडि आएँ उतै
पराईका टाठी बाठी, हरौंजस्तै लाग्छ

पद पैसा मागे जति, दिन सक्छौ भने
नर्क भन्दा पनि तल, झरौंजस्तै लाग्छ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x