सुलसुलेकवि ध्रुवकिरण रेग्मीका दुई कविताकृतिको लोकार्पण
पुस्तकालयका पूर्व अध्यक्ष वद्रीप्रसाद अर्यालले आफ्ना विद्यार्थी ध्रुवकिरण रेग्मीको व्यक्तित्व चर्चा गर्दै पुस्तक लोकार्पण गर्ने अवसर दिएकोमा कविप्रति आभार प्रकट गर्नुभयो । उहाँका

काठमाडौं, ०८० असार ९ । भैरव स्मृति पुस्तकालय, दक्षिणढोका, काठमाडौँको आयोजनामा पुस्तकालयको सभाकक्षमा एक भव्य समारोहबीच चितवननिवासी कवि ध्रुवकिरण रेग्मीका दुई कविताकृति ‘अजम्मरी यादहरू’ र ‘सार्न सके मखमली’ लोकार्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार युवराज मैनालीद्वारा लोकार्पण गरिएको हो ।
कार्यक्रममा लोकार्पित कृतिको समीक्षा क्रमशः स्रष्टाद्वय वरिष्ठ हास्यव्यङ्ग्यकार मुकुन्द आचार्य र कवि अच्युत घिमिरेबाट भएको थियो ।
पुस्तकालयकी कावा अध्यक्ष रेखा अर्यालको अध्यक्षता र जीवन रेग्मीको उद्घोषणमा सञ्चालन भएको कार्यक्रममा पुस्तकालयका पूर्व अध्यक्ष वद्रीप्रसाद अर्याल, समाजसेवी नानीकाजी गिरी, स्रष्टाहरू रेशम विरही, वसन्त रिजाल, अच्युत पौडेल चिन्तन, राजेशमान केसी, रामकुमार पण्डित क्षेत्री, महेशकुमार वाग्ले, तेजविलास अधिकारी, सुशील आचार्य, रामचन्द्र खतिवडा लगायतको उपस्थिति थियोे ।
मन्तव्यको क्रममा पुस्तकालयका पूर्व अध्यक्ष वद्रीप्रसाद अर्यालले आफ्ना विद्यार्थी ध्रुवकिरण रेग्मीको व्यक्तित्व चर्चा गर्दै पुस्तक लोकार्पण गर्ने अवसर दिएकोमा कविप्रति आभार प्रकट गर्नुभयो । उहाँका कर्मभूमिप्रतिको भावनात्मक भनाइले श्रोतालाई स्तब्धसमेत बनाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि युवराज मैनालीले नेपाली कविताको विशद् चर्चा गर्दै लोकार्पित कृतिहरूमा विषयवस्तु विविधता, ग्रामीणपनको चित्र, विचारमा गहनता भए पनि कलापक्ष कमजोर भएको विचार अभिव्यक्त गर्नुभयो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































