होम सुवेदीशरणार्थी बन् अमेरिका जा
पुर्खाको खलो बैँकमा धितो राखेर बेचिनू अमेरिकाको सपना चाख्नू गृहमन्त्रीलाई पैसा बुझाएर बेचिनू प्रधानमन्त्रीकी स्वास्नीलाई पैसा बुझाएर बेचिनू जा कान्छा जा ।

होम सुवेदी :
जा जा जा
अमेरिका जा
जा जेठा जा
अमेरिका जा
जा कान्छा जा
अमेरिका जा
यो देशमा नभुल्
जताततै नडुल्
सकै सिधै जा
नसके चोरबाटो जा
छिटो छिटो जा
डलर उघा ।
चोरबाटो नभए सुरुङ खन्
त्यसबाट नभए शरणार्थी बन्
चाहिन्छ हातभरि नोटको धन
पैसा भएपछि मन्त्री छन्
जा जेठा जा
जा कान्छा जा
क्यानाडा जा
अमेरिका जा ॥
यो कान्छो भिसाका लागि
किन डुलेको छ
नचाहिने कुरामा किन भुलेको छ
हेर् कान्छा
शरणार्थी हुने गल्ला खुलेको छ
यो कान्छो केही नगरी फुलेको छ ।
अब बाँझा बारी र खेत बेच्नुपर्छ
यो देशमा दुख कसले गर्छ
बेकारमा पसिना को छर्छ
जा कान्छा जा
क्यानाडा जा
अमेरिका जा ॥
शरणार्थी भएर बेचिनु पर्छ
हेर् कान्छा बेचिन जोहो गर् खर्च
पैसा लिएर हैन
पैसा दिएर बेचिनू
कमाएर हैन
गुमाएर बेचिनू
पुर्खाको खलो
बैँकमा धितो राखेर बेचिनू
अमेरिकाको सपना चाख्नू
गृहमन्त्रीलाई पैसा बुझाएर बेचिनू
प्रधानमन्त्रीकी स्वास्नीलाई
पैसा बुझाएर बेचिनू
जा कान्छा जा
जे गर्दा बेचिन्छस्
त्यही गरेर बेचिनू
जा कान्छा जा
अेरिका जा ॥
अमेरिका जाने गल्ला खुलेको छ
बेर्थमा किन यता डुलेको छ ??
अमेरिका जा
मलेसिया जा
जापान जा
कोरिया जा ॥
अमेरिका जाने भए
मन्त्रीका पाउ छो
शरणार्थी हो
जा जा जा
अमेरिका जा ॥
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest








































