रमेशचन्द्र घिमिरेअनि बङ्लङ्ग लडेँ म
जङ्घार खोज्दै तरुँ कि क्यारुँ फर्कूँ कि परक्क, ढुङ्गाको छेल परेर लुगा निचोरेँ अलक्क, कसैले परै सुटुक्क चियो गरेछन् मजाले ,रातो र पिरो भएर किनार फर्किएँ लाजले ।

रमेशचन्द्र घिमिरे :
यो नदी तर्न सक्छु कि क्यार्छु म यही सोच्दैछु
गङ्गाको चोखो पानीमा खुट्टा चोबल्न खोज्दैछु
गहिरो छ कि छिप्छिपे के छ विचार गरियो
धमिलो नदी भएन थाहा आँटले तरियो
पाइएन मेसो रहमा पुगेँ पानीले गिज्यायो
यो ठाउँ ऊ ठाउँ भनेन केही जाँसुकै भिजायो
भँड्खालो छल्दै बिस्तार बिस्तार अगाडि बढेँ म
लेउमा खुट्टा चिप्लियो अनि बङ्लङ्ग लडेँ म
जङ्घार खोज्दै तरुँ कि क्यारुँ फर्कूँ कि परक्क
ढुङ्गाको छेल परेर लुगा निचोरेँ अलक्क
कसैले परै सुटुक्क चियो गरेछन् मजाले
रातो र पिरो भएर किनार फर्किएँ लाजले ।
०००
भोर्लेटार, लमजुङ
Subscribe
Login
0 Comments
Oldest







































