साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धनगढीमा कविता महोत्सव सम्पन्न

सामाजिक विकास मन्त्री झपटबहादुर साउँद प्रमुख अतिथि रहेको उद्घाटन सत्रमा पूर्व मुख्यमन्त्री राजेन्द्र रावल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञद्वय बाबा बस्नेत र डा. कौशिला रिसाल र प्रदेश सभासदस्य प्रकाश बम विशिष्ट अतिथि रहेका थिए ।

Nepal Telecom ad

कैलाली, धनगढी, ०८० असार २३ । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँ र सृजनशील मञ्च सुदूरपश्चिमको सहकार्यमा आयोजित धनगढी कविता महोत्सव सम्पन्न भयो ।

महोत्सवमा सुदूरपश्चिमका विविध भाषाहरूका प्रतिनिधि कविताहरूको विशेष प्रस्तुति, समकालीन नेपाली कवितामा सुदूरपश्चिमको अनुहार विषयमा कार्यपत्र प्रस्तुति, समग्र कविता विमर्श, नवसर्जकका सृजना प्रस्तुति लगायत विविध कार्यक्रमहरू कविता उत्सवमा सञ्चालन गरिएको थियोे ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँद प्रमुख अतिथि रहेको उद्घाटन सत्रमा पूर्व मुख्यमन्त्री राजेन्द्र रावल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञद्वय बाबा बस्नेत र डा. कौशिला रिसाल र प्रदेश सभासदस्य प्रकाश बम विशिष्ट अतिथि रहेका थिए ।

पुस्तान्तर कविता सेसन अन्तर्गत नेपाली, डोटेली र थारु भाषाका तीन पुस्ताका बाह्र कविहरूका कविता प्रस्तुत गरिएको थियोे । समकालीन नेपाली कवितामा सुदूरपश्चिमको अनुहार विषयमा कवि खेम बतासले कार्यपत्र प्रस्तुत गरेका थिए भने लेखक जगदीश ओझाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । कविताको समग्र अवस्था र कार्यदिशाबारे समालोचक विष्णु ज्ञवालीले विमर्श गरेका थिए । सुदूरपश्चिमका प्रतिनिधि कविताबारे सहप्राध्यापक हरिकृष्ण कडायतले समीक्षा गरेका थिए ।

सुदूरपश्चिम क्षेत्रका साहित्यिक, सांस्कृतिक एवम् शैक्षिक सङ्घ/संस्थाका प्राज्ञिक प्रतिनिधिहरू, सर्जकहरूलगायत करिब दुई सय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सृनशील मञ्च, सुदूरपश्चिमका सचिव एवम् लेखक डिल्लीराज ओझाले सहजीकरण गर्नुभएको कार्यक्रम मञ्चका अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य जनक रसिकको अध्यक्षतामा सञ्चालन भएको थियो ।

सुदूरपश्चिममा भाषा साहित्य तथा प्राज्ञिक क्षेत्रको उन्नयनका लागि निरन्तर गतिविधि गर्ने योजना अनुरूप धनगढी कविता उत्सव आयोजना गरिएको कुरा अध्यक्ष जनक रसिकले बताउनुभएको थियोे ।

“सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान” मूल नाराका साथ सुदूरपश्चिमलगायत राज्यको कम प्राथमिकतामा परेका क्षेत्रमा बढी महत्त्वका साथ निरन्तर गतिविधि गर्ने योजना प्रज्ञा प्रतिष्ठानले बनाएको कुरा प्राज्ञ डा कौशिला रिसालले बताउनु भएको थियोे ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले प्रज्ञा-प्रतिष्ठानले साहित्यमार्फत मोफसल र केन्द्रलाई जोड्ने गरी कार्यक्रम ल्याएको बताउनुभएको थियोे ।

सुदूरपश्चिमको भाषिक सांस्कृतिक अध्येता समेत रहेका निवर्तमान मूख्यमन्त्री रावलले यहाँको भाषा, साहित्य, कला र संस्कृतिको इतिहास र वर्तमानबारे आफ्नो धारणा राखेका थिए । प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले स्रष्टा र प्राज्ञिक व्यक्तिहरूको अपेक्षा र सुझाव अनुरूप प्रदेश सरकार र मन्त्रालयले काम गर्ने बताउनुभएको थियोे ।

०००
– धनगढीबाट जनक रसिक 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x