साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ एउटा सहमति गरौँ

यसरी, हाम्रो नाम पनि हुन्छ, दाम पनि हुन्छ अरुले देख्दा काम पनि हुन्छ तिमी मलाई प्रतिभावान् भन म तिमीलाई निष्ठावान् भन्छु । त्यसैले, आऊ एउटा सहमति गरौँ अलिखित, अमूर्त र अव्यक्त तर विशिष्ट, सशक्त र परिपक्क ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने  :

आऊ एउटा सहमति गरौँ
अलिखित, अमूर्त र अव्यक्त
तर विशिष्ट, सशक्त र परिपक्क ।

तिमी मेरो तारिफ गर
म तिम्रो गर्छु
तिमी मेरा कुरामा रङ भर
म तिम्रा कुरामा बुट्टा भर्छु ।

तिमी मेरो छोरालाई छात्रवृत्ति मिलाइदेऊ
म तिम्रा काममा समर्थन जनाइदिउँला
तिमी मेरो सालोलाई ठेक्का दिलाइदेऊ
म तिम्रो ससुरालीको घर बनाइदिउँला ।

तिमी मेरो सदर गर
म तिम्रो कदर गर्छु
यसो गर्दा तिमीलाई नि कसैले शड़का गर्दैन
मैले पनि स्पष्टीकरण दिइरहनु पर्दैन ।

सिधा औंलाले घिउ आउँदैन
त्यसैले, तिमी औंला बङ्ग्याऊ
म खुट्टा घुमाउँछु
तिमी उच्च नैतिकताको कुरा गर
म समर्थन जनाउँछु ।

यसरी तिमी पनि व्यवहार मिलाऊ
म पनि केही कमाउँछु
किन कि
मैले आफैलाई दिन मिल्दैन
तिमीले नि आफैँसँग लिन मिल्दैन ।

तिमी मलाई सम्मान गर
म तिमीलाई खादा ओढाउँछु
तिमी मेरा लागि श्रोता तयार गर
म तिम्रा लागि दर्शक बढाउँछु ।

यसरी,
हाम्रो नाम पनि हुन्छ, दाम पनि हुन्छ
अरुले देख्दा काम पनि हुन्छ
तिमी मलाई प्रतिभावान् भन
म तिमीलाई निष्ठावान् भन्छु ।

त्यसैले,
आऊ एउटा सहमति गरौँ
अलिखित, अमूर्त र अव्यक्त
तर विशिष्ट, सशक्त र परिपक्क ।

तिमी मलाई क्याबात् ! भन
म तिमीलाई स्याबास् ! भन्छु
तिमी मेरो शुभेच्छुक बन
म तिम्रो समर्थक बन्छु ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x