सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जनता

जनता भनेको मुर्खहरूको एउटा भीड हो परेको बेलामा ताली बजाउने प्रजातन्त्र र देशभक्तिको नाममा पार्टीहरूले सकेसम्म कजाउने; यिनकै नाममा सत्तामा बस्नेहरूले भ्याइन्जेल बजाउने ।

Nepal Telecom ad

यादव खरेल :

जनता भनेको छाता हो
राजनीतिको घाम पानी छेक्ने
‘दमन’ को असिना परे थेग्ने
नेताले ओढेको ।

जनता भनेको निमित्त हो
जसको नाममा सारा काम गरिएको हुन्छ
शासनले गरेको शोषण, दमन र अत्याचार पनि
जनताको भलाईको निमित्त
जनताकै नाममा दरिएको हुन्छ ।

मरेपछि ‘शहिद’को नाममा भाषण खाने
जिउँदो छँदा छातीले गोली छेक्न मान्ने
जनता भनेको ‘ढाल’ हो
क्रान्तिको बेला नेताले थाप्ने र शासकले हान्ने ।

जनता भनेको एउटा हूल हो
नेताले उफारेको
शासकले लछारेको
जनता त ‘अनाम’ हो
स्वदेशको पहिचानका लागि
सधैँ इतिहासले अनुहार तछारेको ।

जनता भनेको
मुर्खहरूको एउटा भीड हो
परेको बेलामा ताली बजाउने
प्रजातन्त्र र देशभक्तिको नाममा
पार्टीहरूले सकेसम्म कजाउने;
यिनकै नाममा सत्तामा बस्नेहरूले
भ्याइन्जेल बजाउने ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेइमानी

बेइमानी

बिन्दु दहाल ‘मूकदर्शक’
ह्वाँहाेरु

ह्वाँहाेरु

होम सुवेदी
बलेको आगाे

बलेको आगाे

डा. छायादत्त न्यौपाने ‘बगर’
मिसन– ८४

मिसन– ८४

हरि कोर्काली
चाकरी

चाकरी

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x