साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजधानीको भानुजयन्ती, प्रा. कडेंललाई आदिकवि पुरस्कार

भानुभक्तको तस्वीरमा श्रद्धायुत माल्यार्पण सहितको कार्यक्रममा यस वर्षको आदिकवि भानुभक्त पुरस्कार (रु. १ लाख २५ हजार र सम्मानपत्र) प्रा.घनश्याम कँडेललाई समर्पण गरियो । पुरस्कृत व्यक्तिको परिचय कोषराज न्यौपानेले गराउनुभएको थियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० असार २९ । २१० औं भानुजयन्ती नेपाली शिक्षा परिषद्, लेखनाथ सदन सोह्रखुट्टेमा दिउँसो ३ बजेदेखि आरम्भ भएर साँझ ५ बजे सुसम्पन्न भयो ।

नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षता, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आमन्त्रितत्व, दिव्यचन्द्र आचार्यको सुसञ्चालनमा भएको यस कार्यक्रममा राजेन्द्र विमल, मुकुन्द शर्मा चालिसे, भुवनहरि सिग्देल, जगदीश्वर पोख्रेल, प्रह्लाद पोख्रेल, कोषराज न्यौपाने, शैलेन्दुप्रकाश नेपाल, मदनराज थापा, टेकबहादुर लौडारी, सीताराम अधिकारी, श्रीहरि फुँयाल, जयराम विडारी, उर्मिला पन्त पाण्डे, खोलाघरे साहिंलो लगायत ७० जनाभन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

Exif_JPEG_420

भानुभक्तको तस्वीरमा श्रद्धायुत माल्यार्पण सहितको कार्यक्रममा यस वर्षको आदिकवि भानुभक्त पुरस्कार (रु. १ लाख २५ हजार र सम्मानपत्र) प्रा.घनश्याम कँडेललाई समर्पण गरियो । पुरस्कृत व्यक्तिको परिचय कोषराज न्यौपानेले गराउनुभएको थियो ।

भानुभक्तको भाषिक, साहित्यिक देन विषयमा मन्तव्य दिने विशिष्ट विद्वान् हरूमा, राजेन्द्र विमल, गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो भने प्रह्लाद पोख्रेलले मन्तव्यका साथ भानुभक्तद्वारा रचित रामायणका हरेक काण्डका १/१ श्लोक र व्यङ्ग्यधर्मी श्लोकसमेत वाचन गरेर श्रद्धासम्मान अर्पण गर्नुभएको थियो ।

पुरस्कृत व्यक्तित्व घनश्याम कँडेलले आभारअर्पणका क्रममा पुरस्कारमा प्राप्त रकममध्ये रु २५ हजार आफूलाई पुरस्कृत गर्ने आदिकवि भानुभक्त पुरस्कार कोषलाई अर्पण गरेको घोषणा गर्नुभयो ।

अध्यक्ष रमा शर्माले नेपाली शिक्षा परिषद्ले गरेको भानुजयन्तीको यो ७१औं कार्यक्रम हो भन्दै र सन्दर्भगत अन्य कुराहरूको जानकारीसमेत दिंदै सधन्यवाद कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।

०००
– खोलाघरे साहिँलो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x