साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिरिकमा रामायण वाचन गर्दै २१० औँ भानुजयन्ती

संस्थाका अध्यक्ष राजबहादुर राईको अध्यक्षता, दार्जिलिङ महाविद्यालयअन्तर्गत नेपाली विभाग प्रमुख डा.सुजातारानी राईको प्रमुख आतिथ्य र शीला गुरुङ, पारसमणि राई र एमएल दियालीको आदिको विशिष्ट आतिथ्य रहेको थियो ।

Nepal Telecom ad

मिरिक/जुलाई १३ तारिक २०२३ अर्थात् असार २८ । बिहीबारका दिन भारतको दार्जिलिङ जिल्लाअन्तर्गत मिरिक नगरपालिकाको भूतपूर्व शैनिक सङ्गठन भवन मिरिक, कृष्णनगरमा ‘साहित्य सुनौ’ परिवार मिरिकको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती भव्यताका साथ सम्पन्न भयो । नेपाली साहित्यमा कविता विधामा आदि महाकाव्यकारको रूपमा स्थापित, रामभक्ति धाराका केन्द्रीय प्रतिभाका रूपमा स्थापित, राष्ट्रिय विभूतिका रूपमा परिचित साहित्यस्रष्टा आदिकवि भानुभक्त आचार्यको चर्चापरिचर्चा गरिएको हो ।

संस्थाका अध्यक्ष राजबहादुर राईको अध्यक्षता, दार्जिलिङ महाविद्यालयअन्तर्गत नेपाली विभाग प्रमुख डा.सुजातारानी राईको प्रमुख आतिथ्य र शीला गुरुङ, पारसमणि राई र एमएल दियालीको आदिको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा भानुभक्त आचार्यद्वारा लिखित रामायणका पङ्क्तिहरू वाचन, कवितावाचन, अभिन्दन, नृत्य, गीत गायन, मन्तव्य आदिको बेजोड प्रस्तुति रहेको थियो । उपस्थित सम्पूणर् अतिथिहरूमा खदार्पण गरेपश्चात भानुभक्तको तस्विरमा माल्यार्पण गर्दै दीप प्रज्जवलन गरी प्रमुख अतिथिबाट कार्यक्रमको घुम्टी खोलिएको थियो साथमा श्रद्धा प्रधानद्वारा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

रामायण वाचन गर्नेहरूमा- शीला लामा कमला तामाङ र विष्णुकुमार बराइली रहेका थिए भने कवितवाचनतर्फ गोकुल रसाइली, अमर दुङ्माली, जीनर घतानी प्रधान, मीकुमार योञ्जन, अर्जुन प्रधान, सुकवीर थापा, अजम प्रधान, केसाङ लामा र पराग शर्मा आदि रहेका थिए भने पानीघट्टा उमाविका लेखापाल अलेन दुतराजले गीत प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथिको मन्तव्यपछि अभिनन्दन पनि गरिएको थियो जसको अभिनन्दन पत्र कमला तामाङद्वारा पढिएको थियो त्यसैगरी सासुपका संस्थापकको रूपमा कवि पराग शर्मालाई पनि सम्मान गर्दै आन्तरिक जाँचक गणेश बराइलीद्वारा स्मृतिचिन्ह पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रममा वाचित कविताहरूको मूल्याङ्कन कथाकार दीप जोशीले गरेका थिए । अध्यक्षको मन्तव्यपछि सम्पूणर् कार्यक्रमलाई धन्यवाद समर्पण सह-सचिव अमर दुङ्मालीले गरेका थिए ।

संस्थाका उप-सभापति केसाङ लामाको स्वागत मन्तव्य, राजबहादुर राईको अध्यक्षता र शीला लामा तथा दीप जोशीको संयुक्त सहजीकरण रहेको कथाकार दीप जोशीले जानकारी दिएका हुन् ।

०००
फित्कौलीका लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x