सुलसुलेव्यक्ति व्यक्ति सिर्जनाकार ! घर घर साहित्यकार !! अन्तर्गत भानुजयन्ती
राष्ट्रिय गानपछि आदिकवि भानुभक्तको फोटोमा पुष्पार्पण गर्दै सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ प्रगतिशील साहित्यकार तथा दार्शनिक रामराज रेग्मी हुनुहुन्थ्यो ।

स्याङ्जा, ०८० असार २९ गते अन्तिम शुक्रबार, आनन्दआश्रम, फापरथुममा साहित्य गोष्ठी तथा भानुभक्त आचार्यको दुईसय दसौं जन्मजयन्ती सम्पन्न भयो ।
आनन्दआश्रम ज्ञान केन्द्रको आयोजनामा सम्पन्न यो कार्यक्रमको सभापतित्व आनन्दआश्रम ज्ञान केन्द्रका अध्यक्ष ई.ओम शर्माले गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष दिप्तिनारायण शर्मा र सञ्चालन संस्थाका सचिव दोलराज ढकालले गर्नु भएको थियो ।
कार्यक्रममा शिक्षाविद टिकाराम ढकाल, प्रा.डा. यमबहादुर क्षेत्री र इन्द्रमणि ढकालले आदिकवि भानुभक्तले नेपाली भाषाविकासमा दिएको योगदानका बारेमा बताउँदै शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो । त्रिलोचन ढकाल, ई ओम शर्मा, भिम रानाभाट, चिन्तु गिरी, हुमनाथ शर्मा, कृष्ण खडका, सूर्य जिटी, सचिन जिटी, खगिसरा जिटी, रिदम ढकाल, हिमालयजङ्ग बानिया, ईशिका गहतराज, अमिसा क्षेत्रीहरूले गीत, कविता तथा कथालगायत आफ्ना रचनाहरू प्रस्तुत गर्नु भएको थियो ।
राष्ट्रिय गानपछि आदिकवि भानुभक्तको फोटोमा पुष्पार्पण गर्दै सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ प्रगतिशील साहित्यकार तथा दार्शनिक रामराज रेग्मी हुनुहुन्थ्यो भने अन्य उपस्थितमा गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, प्रगतिशील लेखक संघ स्याङ्जाका अध्यक्ष चिन्तु गिरी, शिक्षाविद टिकाराम ढकाल, हिरामणि ढकाल, इन्द्रमणि ढकाल, सिद्धार्थ बहुमुखी कलेज फेदिखोलाका क्याम्पस प्रमुख होमनाथ शर्मा, साहित्यकार हिमालयजङ्ग वानिया, दिप्तिनारायण शर्मा, नरबहादुर साही, अमिशा क्षेत्रि, ईशिका गहतराज, सबिबा, भावना जिटी, अमृत जिटी, प्राडा यमबहादुर क्षेत्री, रेवती पौडेल, ई ओम शर्मा, विनिता जिटी, मनबहादुर जिटी, शेरबहादुर शाही, डिलबहादुर शाही, खगिसरा जिटी, कुन्तीकुमारी ढकाल, रिदम ढकाल, सचिन जिटी, त्रिलोचन ढकाल, टिकामाया जिटी, गृहलक्ष्मी ढकाल, देवी ढकाल, दिलकुमारी ढकाल, देवी सापकोटा, शारदा शर्मा, टिकाराम ढकाल(वनपाले), कृष्ण खडका, दोलराज ढकाल, बलराम अधिकारी, सूर्यबहादुर जिटी, उमाकान्त ढकाल आदिको उपस्थिति थियो ।
प्रमुख अतिथि रामराज रेग्मीले वाचित रचनाहरूप्रति टिप्पणी गर्दै आफ्नो सारगर्भित मन्तव्य प्रस्तुत गर्नु भएको थियो । सभापति ई ओम शर्माले कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो । पूरा ३ घण्टा चलेको सो कार्यक्रममा सामान्य वर्षा हुँदाहुँदै पनि श्रोता, वक्ता तथा बाचकहरूले धैर्यतापूर्वक आफ्नो कर्तव्य पूरा गर्नु भएको थियो ।
अन्तमा साउनको अन्तिम शुक्रबार २६ गते छैटौं चरणको साहित्य गोष्ठी हुने कुराको जानकारी गराउनुका साथै सो कार्यक्रममा उपस्थित हुन अनुरोध गरिएको थियो ।
०००
– त्रिलोचन ढकाल, फापरथुम- स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest












































