साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ताको खेल र रामदास

यसैगरी चलेको छ सत्ता खेल सधैंभरि ओखती किन्न आएका मान्छे जिल्ल यसैगरी फुटेको डमरू फेर्छ नयाँ निस्कन्छ बाहिर मदारी छाँट पार्नाको देखिन्छ खुब माहिर ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

रामदास कुनै आयो मदारी घुम्न गाउँमा
डम् डम् डम् डमरू ठोक्दै दे बाबा कुछ नाउँमा
साथमा एउटा बच्चो रातो बाँदरको लिई
पोका धोक्रा फिँजाएर जथ्था मगन्तको लिई ।१

मदारी नाटकी रैछ बाजा ताल मिलाउँछ
तालमा हात हल्लाई कपिलाई नचाउँछ
अनौठा दृश्य देखेर मान्छे लस्कर लाग्दछन्
मदारीको यही खेल हेर्दै आनन्द मान्दछन् ।२

डम्फू झोली भिरेको छ काने टोपी लगाउने
साथैका चिचिला बच्चा पैसा टिप्न सघाउँने
मिठा गीत र टुक्काका अन्तरा मुखले भनी
मिलाई मुखले बोल्छ चक्का ताल बजेसरि ।३

दुई चार झरे दान सिक्का टक्का यताउता
टिप्न दौडन्छ ठेक्काको माहुते त्यो जतातता
कुर्सीमा कैकयी बस्छे पान बिडा चपाउँदै
रुपैयाँ गन्नमा मस्त साडी सप्को मिलाउँदै ।४

एउटा मुरली फुक्छ अर्कोले धुप बाल्दछ
तेस्रोले शंख फुक्दैछ चौथोले धार हाल्दछ
आँखा चिम्म गरौँ भन्छन् रामराम सुनाउँछन्
लाएका वस्त्र ती फाल्दै खरानी घस्न धाउँछन् ।५

स्यालको सिङ हो भन्दै खैरो वस्तु निकाल्दछ
कपिलाई घुमाएर पैसा झार्न लगाउँछ
डमरू डम डम् पार्छ गोजी झार्न लगाउँछ
रित्ता गोजी हुनेलाई टाढा बस्न अह्राउँछ ।६

यसैगरी चलेको छ सत्ता खेल सधैंभरि
ओखती किन्न आएका मान्छे जिल्ल यसैगरी
फुटेको डमरू फेर्छ नयाँ निस्कन्छ बाहिर
मदारी छाँट पार्नाको देखिन्छ खुब माहिर ।७

०००
भरतपुर ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x