साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो छाती

माथि आकाशमा उड्दै हराउँदै गरेका तरुना छातीहरूलाई कौशीबाट बाई भन्नेछ । नेता ज्यू ! पहिला हामीलाई रोजगारी दिनोस् छाती बचाउँन साह्रै गाह्रो भो ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

मेरो छाती
पहिला पहिला
कसैको उपनिवेश नभएको
यो देश
कुनै परायाको हातमा नगएको
इतिहास पढ्दा
गर्वले ढक्क छाती फुलेर आउँथ्यो
तर आजभोलि
आफ्नै छाती हराए जस्तो लाग्छ ।
साँच्चै मेरो छाती
तुना फुकाएर
दौराको फेर पसारेर विदेशी सडकहरूमा
कामको याचना गरिरहेछ कि !
खचाखच पासपोर्टहरूमा
भिसाको छाप पर्खिएर बसेको छ ।
उसैलाई थाहा नभएको विषय पढ्ने बहाना बोकेर
काम नलाग्ने डिग्रीको लागि
कतै उमाल्ने र कतै जम्ने डिग्रीमा भासिंदै छ कि !
कतै अनन्त अनन्तताको लागि बतासिंदैछ ।
ढुङ्गा गिटी र बालुवा
कालो अलकत्रको सडक

कङ्क्रिटका जङ्गलहरूले
मेरो हराएको छातीलाई खोज्न सकेन
सपनाको सडकमा तिब्र दौडने
मोटर रेल र जहाजहरूले
मेरो विक्षिप्त छातीलाई भेट्टाउँन सकेन
उ हराएर गयो
ए हजुर ! म आमा बा को काखमा लुक्न पाउँ भन्दै
कराएर गयो ।
सुन्नु भो !
कथम कदाचित फर्क्यो भने नि मेरो छाती
मै जस्तो बूढो भएर फर्कनेछ

माथि आकाशमा उड्दै हराउँदै गरेका तरुना छातीहरूलाई
कौशीबाट बाई भन्नेछ ।
नेता ज्यू !
पहिला हामीलाई रोजगारी दिनोस्
छाती बचाउँन साह्रै गाह्रो भो ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x