सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बा आमा एवं जेष्ठ नागरिक

पुराना सोचले दिन्छन्, आधार ज्ञान शिल्पका । बुढा पाका खुला हुन्छन्, दया माया विचारका ॥ नयाँ हुन्छन् खुबै काँचा, रङ्ग ढङ्ग प्रकारका । पाकाहरू मियो बन्छन्, देव देवी समानका ॥

Nepal Telecom ad

के.पी.पौडेल :

समग्र बुद्धि रोप्दिने, छ श्रेष्ठ भाव जेष्ठमा ।
सहस्र शिल्प भर्दिने, विचार हुन्छ बृद्धमा ॥
विकार रोक्न तम्सिने, छ उच्च शक्ति बृद्धमा ।
दशा र कष्ट छेक्दिने, विकल्प हुन्छ जेष्ठमा ॥-१

यहाँ बृद्ध बृद्धा, उज्याला भला हुन् ।
कला तेज भर्ने, अनौठा सिरा हुन् ॥
सबै बृद्ध बृद्धा, पुजौँ उच्च ठानी ।
सुनौलो र उम्दा, बनोस् जिन्दगानी ॥-२

पाका मानिस बृद्ध बा हजुरबा, खोज्छन् सहारा लिन ।
आफ्नै प्राण हियो फियो पनि कतै, छोड्लान् कि टेवा दिन ॥
बृद्धा बृद्ध सबै खुबै पिडित छन्, हेरून् तमासा हरि !
सारा सन्तति भावना पर हुँदा, रुन्छन् बिलौना गरी ॥-३

बृद्ध बा मातृका, साथमा बस्छ को ?।
जेष्ठका रुग्णका, वेदना सुन्छ को ? ॥
जीणर्का देहका, दुर्दशा मेट्छ को ?।
जेष्ठका त्यागका, शृङ्खला पढ्छ को ?॥-४

छोरा बुहारी, वनिता कता छन् ।
माता पिताका, दुखका कथा छन् ॥
छन् इष्ट साथी, सब छन् धरामा ।
पिता र माता, तर छन् व्यथामा ॥- ५

पाका मान्छे घर मुलुकका, शक्तिका मूल बन्छन् ।
राम्रा उम्दा अनुभवहरू, युक्ति सल्लाह दिन्छन् ॥
आफ्ना प्यारा जनन सबमा, शिल्पका भाव छर्छन् ।
भोको नाङ्गो विवशपनमा, लालका पेट भर्छन् ॥-६

छन् जेष्ठका विगतका, अति नम्य कर्म ।
जोगाउनै कठिन भो, नबुझेर मर्म ॥
बृदा र बृद्ध जनका, शुभ साधना छन् ।
माया दया सुजनता, उपदेश दिन्छन् ॥-७

पुराना सोचले दिन्छन्, आधार ज्ञान शिल्पका ।
बुढा पाका खुला हुन्छन्, दया माया विचारका ॥
नयाँ हुन्छन् खुबै काँचा, रङ्ग ढङ्ग प्रकारका ।
पाकाहरू मियो बन्छन्, देव देवी समानका ॥-८

लोकले पुज्ने ईशको रूप देखिन्न खोजेर ।
घरका देव पुज्दैनन् मान्छे हिँड्दछन् कुल्चेर ॥
गरौँ है माया बाबा र माता माथ हुन् ती हाम्रा ।
आँखाले देद्ने हातले भेट्ने ईश हुन् ती राम्रा ॥-९

०००
बट्टार, नुवाकोट
हालः बालाजु, काठमाडौं ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमा

आमा

के.पी. पाैडेल
मेरो छ है स्वागत

मेरो छ है स्वागत

के.पी. पाैडेल
आयो वसन्त किन हो बहुतै रमाई

आयो वसन्त किन हो...

के.पी. पाैडेल
मान्छे

मान्छे

के.पी. पाैडेल
बुढ्यौलीको सूचक र कर्म

बुढ्यौलीको सूचक र कर्म

श्रीधर लामिछाने
भो जीवनी बन्जर (७)

भो जीवनी बन्जर (७)

हेम अधिकारी
बाबाआमा रमाऊन्- (०१)

बाबाआमा रमाऊन्- (०१)

दीनानाथ पाेखरेल
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
आमा पुजेर बस्ने

आमा पुजेर बस्ने

रामशरण न्याैपाने