साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा पुजेर बस्ने

हाँसुन् मुमा र धर्ती पाएर सान भारी भर्दै जुहार लाखौँ सन्तानले सिँगारी यो देशभित्र होओस् सत्कर्म मात्र जारी छोरा नहुन् कसैका गद्दार धुन्धुकारी॥

Nepal Telecom ad

आमा पुजेर बस्ने छोरा महान् हुनेछन्
सामर्थ्यका पुजारी नक्षत्र नै छुनेछन्
लागे धुलो र मैलो खुर्केर पो धुनेछन्
टारेर विघ्न बाधा सम्पूर्ण नै फुनेछन्॥१

यो देह भन्नु हाम्रो हो प्रेमको निसानी
आमासँगै खुलेको हो सृष्टिको बिहानी
सन्तानको खुसीमा जोडिन्छ जिन्दगानी
आमा विना कसैको लेखिन्न हो कहानी॥२

सन्तानको उपेक्षा खप्दै ठुलो दशामा
आमा कतै नरोउन् पीडा र वेदनामा
छोडेर पुत्र लाठे टाढा नहुन् रमाना
लागुन् समस्त छोरा पूजा र अर्चनामा॥३

मिल्दैन स्वर्गमा नै आमा र जन्म धर्ती
सम्पूर्ण लोकलाई श्रीरामको छ अर्ती
जे भन्छ सभ्य स्रष्टा जाँदैन बात जर्ती
होउन् सबै सुसारे आजै भएर भर्ती॥४

हाँसुन् मुमा र धर्ती पाएर सान भारी
भर्दै जुहार लाखौँ सन्तानले सिँगारी
यो देशभित्र होओस् सत्कर्म मात्र जारी
छोरा नहुन् कसैका गद्दार धुन्धुकारी॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x