साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भनेको भएन

ए महोदय ! षडयन्त्र गर्न मलाई पनि आउँछ बाघचाल भालूचाल चाल्दिम भनेको भएन ।

Nepal Telecom ad

मरुभूमि नारायण :

भात खाने मुखमा घाँस हाल्दिम भनेको भएन
स्वाद लिने जिब्रो थुतेर फाल्दिम भनेको भएन ।

घ्वार घ्वार घुरेर सुत्नै दिन्नन् ती छरछिमेकीले
तिनको नाकको टोड्कै टाल्दिम भनेको भएन ।

मान्छेले बियाडे बोको भन्दा गर्व लाग्छ मलाई
कपाल खौरेर बोकेदारी पाल्दिन भनेको भएन ।

छिमेकीले सारिरहन्छ सीमानाको जङ्गे पिलर
सारिरहनु भन्दा पिलरै ढाल्दिम भनेको भएन ।

अँध्यारोमा बत्ती बाल्दछ हरियो घाँस खानेले
आफूले दिउसै आगो बाल्दिम भनेको भएन ।

अर्काकै बाङ्गा खुट्टा तान्न सारै मज्जा आउँछ
खुट्टै तानेर नयाँ यात्रा थाल्दिम भनेको भएन ।

मूर्ख मान्छेले फलाम गाल्दछ तातो आगोमा
साला पानीमा फलाम गाल्दिम भनेको भएन ।

ए महोदय ! षडयन्त्र गर्न मलाई पनि आउँछ
बाघचाल भालूचाल चाल्दिम भनेको भएन ।

०००
तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x