साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्टाईल

कहिले त स्टाईलले पार्छ साह्रो महिला र पुरूष छुट्याउनै गाह्रो ए बहिनी ! भनेर बोलायो भाइ पर्छन् चिन्दैनस् मानिस भनेर आँखा तर्छन् समय कस्तो आयो अचेल जे गरे पनि भन्छन् स्टाईल

Nepal Telecom ad

राजकुमार लामिछाने :

समय कस्तो आयो अचेल
जे गरे पनि भन्छन् स्टाईल
जसो गरे पनि हुन्छन् स्टाईल
थरिथरिका बन्छन् स्टाईल

कपाल कुरूप पारेर काटे पनि स्टाईल
विरूप पारेर बाटे पनि स्टाईल
बिभिन्न रङ दलेर रङ्ग्याए पनि स्टाईल
जता मन लाग्यो उतै बङ्ग्याए पनि स्टाईल
जिङ्गरिङ्ग पारेर ठड्याए पनि स्टाईल
नानाथरी केमिकल टासेर अड्याए पनि स्टाईल
समय कस्तो आयो अचेल
जसो गरे पनि हुने स्टाईल

कपडा पातला र छोटा भए पनि स्टाईल
बाक्ला र मोटा भए पनि स्टाईल
पिठ्युँ नाङ्गै भए पनि स्टाईल
शरीर उदाङ्गै भए पनि स्टाईल
सद्धे कपडा चिरेर लगाए पनि स्टाईल
लुन्द्रा र लुन्द्री भिरेर लगाए पनि स्टाईल
जमाना कस्तो आयो अचेल
जसो गरे पनि हुने स्टाईल

जुत्ता डिल भएको भए पनि स्टाईल
अग्लो हिल भएको भए पनि स्टाईल
तिखो चुच्चो भए पनि स्टाईल
केही नभएको बुच्चो भए पनि स्टाईल
शरीरमा टाटु खोपाए पनि स्टाईल
नानाथरी लेखाए पनि स्टाईल
युग कस्तो आयो अचेल
जसो गरे पनि हुने स्टाईल

कहिले त स्टाईलले पार्छ साह्रो
महिला र पुरूष छुट्याउनै गाह्रो
ए बहिनी ! भनेर बोलायो भाइ पर्छन्
चिन्दैनस् मानिस भनेर आँखा तर्छन्
समय कस्तो आयो अचेल
जे गरे पनि भन्छन् स्टाईल
जसो गरे पनि हुन्छन् स्टाईल
थरिथरिका बन्छन् स्टाईल ।

०००
हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
उस्तै उस्तै

उस्तै उस्तै

राजकुमार लामिछाने
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x