सुभाषचन्द्र देवकाेटाहामी यस्तै छौँ !
हामी बफादार छौं, शक्तिको भक्ति गर्न माहिर छौं, जता जता मल्किन्छ, यतैतिर दौडिन्छौं, न आगत हेर्छाैं न बिगत हेर्छौं हामी यस्तै छौं !!! हामी नेपाली यस्तै छौ !!!

सुभाषचन्द्र देवकोटा :
खेत बाँझो राखेर
गमलामा धान रोप्छौं !
र वास्मती चामलको भात खान्छौ !
वनमा रुख कुहाएर,
विदेशी काठ भित्र्याउँछौं
र हरियो वनको धाक लगाउछौं !
जुम्ला र मुस्ताङ्गको स्याउ फ्याँकेर,
चीनिया स्याउमा आँखा लगाउँछौं !
बाजेले सारेका सुन्तला र कागतीका बोटहरू काटेर,
एभोकाडो र क्युवी रोप्छौ !
जता जता कमिसन आउँछ !
त्यतै त्यतै दौडिन्छौं,
हामी यस्तै छौ !
उद्योगहरू बेचेर,
म्यानपावर कम्पनि चलाउँछौ !
सरकारी जग्गामा,
निजी स्कुल र अस्पतालको व्यापार गर्छौं !
जता जता खान पाइन्छ,
त्यतै त्यतै दौडिन्छौं !
हामी यस्तै छौ !
टोले गुन्डाहरूलाई नेता चुनेर,
अमन चयनको माग गर्छौ !
तस्करीमा माहिर हाकिमसँग
सुशासनको कुरा गर्छौ !
जता जता शक्ति छ,
त्यसैको गुनगाँन गाउँछौं
हामी यस्तै छौं !
हामी बफादार छौं,
शक्तिको भक्ति गर्न माहिर छौं,
जता जता मल्किन्छ, यतैतिर दौडिन्छौं,
न आगत हेर्छाैं
न बिगत हेर्छौं
हामी यस्तै छौं !!!
हामी नेपाली यस्तै छौ !!!
०००
गोरखा
Subscribe
Login
0 Comments
Oldest







































