साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्रिपद प्राणी

यस्ता पदमा आसिन हुनेहरूले भत्ता पनि पाउँछन् तर गोप्य रुपमा । तर यो गोप्य भत्तालाई अफ दि रेकर्ड मानिलिनुपर्छ । यो पिथोगोरसको कुनै थ्योरी होइन भारतीय थ्योरी हो ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

शरीरको सबैभन्दा माथिल्लो भागमा धमाससात बस्ने अङ्ग टाउको हो । हामी तपाई सबैको टाउको छ । तर मेरो विचारमा टाउको सबैको हुँदैन । त्यसैकारण जनसङ्ख्या गणनाको समयमा टाउको नगनेर खुट्टा गन्ती गरी त्यसलाई दुइले भाग गरी जनसङ्ख्या निर्धारण गर्ने प्रस्ताव सेन्सस् डिपार्टमेण्टमा उठेको थियो भन्ने हल्ला सुनिएको थियो । प्रस्ताव मलाई नराम्रो लागेन । मेरो विचारमा, पदसङ्ख्या गनिनु नै हाम्रो सामाजिक रीतिथितिसित सामञ्जस्य राख्नु हो । म सहमति हुनुको अर्को पनि कारण छ हामी पदमर्यादाको कुरा मात्रै सुन्छौं तर टाउको मर्यादाको कुरा कहिल्यै सुन्दैनौं । बड़े बड़े डाकू, हत्यारा, कुख्यात बदमास वा जेलबाट भागेका कैदीहरूका टाउको बाहेक अरु कसैको टाउकोको मूल्य घोषणा गरेको छ सरकारले ? बड़े बड़े ख्यातिप्राप्त साहित्यकारहरूले पाउऩे पुरस्कार तिनीहरूका टाउकाको मूल्य हो ? हुन पनि सक्छ । नहुन पनि सक्छ । थोरै साहित्यकारलाई टाउकोबाट सिर्जना भएको सिर्जनाको निम्ति पुरस्कृत गरे पनि धेरै साहित्यकारहरूलाई टाउको हेरेर होइन उनको लबी, चाप्लुसी हेरेर पुरस्कार प्रदान गरिन्छ भन्ने बजारभरि नै हल्ला सुनिन्छ ।

टाउको होस् कि नहोस् एउटा गतिलो पदमा आसिन भयो कि तपाई माननीय । यसैकारण कालो अक्षर भैँसी बराबर ठान्ने गाउँका मुखिया पनि हाम्रो निम्ति माननीय । कनीकुथी सही मात्र गर्नु जान्ने मन्त्री पनि हाम्रो निम्ति पूजनीय !

वास्तवमा पदमर्यादा नै असल कड़ी हो । भक्ति गर्दा हामी खुट्टामाथि नै हाम्रो टाउको राख्छौं तर कदाचित टाउकोसित टाउको ठोक्काउँदैनौं । जुन माननीय महादयप्रति हाम्रो भक्ति बड़ी हुन्छ तिनीहरूको पदसङ्ख्या बढ़ाउनु नै हामी हाम्रो परम कर्तव्य ठान्छौं ।

जुन वस्तुको गुरुत्व जति बढ़ी हुन्छ त्यो वस्तु त्यति निम्नगामी हुन्छ । यो विज्ञानको कुरो हो । त्यसैले गुरुत्वकै कारणले खुट्टा माटोमा अडि़एको हो । टाउकाको गुरुत्व कम भएकोले नै हामी शिर उचालेर हिँड्छौं ।

वैज्ञानिकहरूले ‘मान्छे’को परिभाषा बताउँदै पदयुगल (पदजोड़ी)कै महत्व दिँदै भनेका छन्- “म्यान टूल मेकिङ बाइ पेड” अर्थात् हतियार तयार गर्न सक्षम द्विपद प्राणी नै मानिस हो । यसो हो भने कुखुरालाई पनि “मिल मेकिङ बाई पेड” अर्थात् भोजन तयारी गर्न सक्षम भन्दा के बिग्रन्छ र ?

ग्रीक पुराणका दानव स्फिडक्सको सम्झना आइरहेछ यतिबेला मलाई । यो दानव बाटाको छेउको एउटा अग्लो चट्टानमाथि बसिरहन्थ्यो र पथयात्रीहरूलाई सोध्ने गर्दथ्यो- कुन प्राणी विहान चार खुट्टाले, दिउँसो दुइ खुट्टाले अनि साँझमा तीन खुट्टाले हिँड़्छ ? यस प्रश्नको सठिक उत्तर दिएका थिए थिब्स नगरका राजकुमार इडिपसले । यो प्रश्न पुरानो भइसक्यो तर यस प्रश्नको उत्तर तपाईं जान्नुहुन्छ सायद ।

दानवले जुन प्राणीबारै प्रश्न गरेको थियो त्यो प्राणी हो मानिस । शैशवकालमा नानी बामे सर्छ, यसपछि दुइ खुट्टाले अनि बूढ़ेसकालमा लौरो हातमा लिएर हिँड्छ… ती मानिसलाई त्रिपद भनिन्छ । तर शैशवकालमा मानिसलाई चतुष्पद र वार्धक्यमा त्रिपद विशिष्ट भन्दैनौं हामी । चेपेगाँड़ा, भ्यागुता होइन, बामे सर्ने शिशु पनि पूणर्ाङ्ग मानिस होइन । लौरो टेकेर हिँड़्ने वृद्धलाई हामी पदमर्यादा दिँदैनौं ।

मानिसको पद जस्तो पदाधिकार पनि छ । यो अधिकृत पद जन्मसूत्रमा पाउन पदयुगलको तुलनामा बढ़ी मरत्वपूणर् छ । असल हिँड़्न थालेपपछि हामी भूमिमा दण्डयमान रहन सक्छौ तर समाजमा प्रतिष्ठाको आसन पाउँदैनौं । समाजको आँखामा मनुष्यपद मान्य हुनु हो भने एउटा अर्जित पद पनि चाहिन्छ । यो पद नै मानिसको आइडेण्टिटी हो । यो तेस्रो पदको निम्ति नै कोही वकिल, कोही अफिसर, म्याजिष्ट्रेट, कोही सचिव, कोही अध्यक्ष हुने गर्छन् । जुन मानिसले पैत्रिक पदयुगल बाहेक कुनै थप पद अर्जन गर्न सक्दैन त्यो मानिस युगल खुट्टा हुँदाहुँदै पनि अपदस्थ हुन्छन् । तिनको आकार जस्तै किन नहोस् तिनी बेकार… फगत बेकार मात्र हुन्छन् ।

यसकारण जति पनि पदस्थ (उच्चो ओहोदा) मानिसहरू छन् तिनीहरू जम्मै त्रिपद प्राणी । यसो र मानिसलाई हतियार निर्माणकारी द्विपद नभनेर गृहपालित त्रिपद प्राणी भन्नु नै समिचिन देखिन्छ । यो परिभाषाको नाफा के छ भने, यसमा स्वार्थहीन रुपले मानिसलाई सहजै चिन्न सकिन्छ । किनभने मानिस बाहेक अन्य कुनै गृहपालित प्राणी त्रिपद हुँदैनन् । प्रसङ्गवश यहाँ भन्न मन लाग्यो, त्रिपद नभए मानिस साधारणतः गृहपालित हुँदैन । तृतीय पद हासिल नगरे गृहिणी पाइँदैन अनि गृहिणी हासिल नभए कोही गृहपालित हुँदैन । मनुले भनेका छन्, गृह होइन, जाया (श्रीमती) नै गृह हो । जायाहीन (श्रीमती बेगरको) गृह अरण्य समान हुन्छ । अझ त्यो गृहमा उवाँ…उवाँ…भएन भने नारायण त्यो गृह श्मशानतुल्य हुन्छ ।

अर्को कुरा, साधारण मानिसको तुलनामा जसको गुरुत्व बढ़ी हुन्छ तिनको पदसङ्ख्या पनि अनुपातिकरुपमा हरदर बढ़ी हुन्छ । तिनीहरू कोही चतुष्पद, बहुपद हुन्छन् । देश तथा देश सेवामा जो समर्पित हुन्छन् तिनीहरूलाई प्रायः नै एकाध पदमा आसिन रहनुपर्छ । यिनीहरूमध्ये जसले एकचोटि दुइ पद वा पोर्टफोलियो लिई राख्छन् तिनीहरूलाई चतुष्पदी गोत्रका भन्न सकिन्छ । यस्ता महत्वपूणर् व्यक्तिहरू पनि छन् जो एकैचोटि विभिन्न कमिटी, एकभन्दा धेर सङ्घ-संस्था तथा स्कूल-कलेजका सचिव वा अध्यक्ष पदमा आसिन छन् । पदसङ्ख्यामा यिनीहरूले धेरैले नै चङ्गालाई पनि जिताउँछन् । यिनीहरू कोही समपद, कोही माकुराको खुट्टा जस्तो अष्टपद हुन्छन् । यस्ता पदमा आसिन हुनेहरूले भत्ता पनि पाउँछन् तर गोप्य रुपमा । तर यो गोप्य भत्तालाई अफ दि रेकर्ड मानिलिनुपर्छ । यो पिथोगोरसको कुनै थ्योरी होइन भारतीय थ्योरी हो ।

०००
खोलाचन्द फाप्री, जलपाइगड़ी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x