मोहनराज शर्माश्रद्धेय ‘माड्साब’
आफू चाहिँ एउटा कुनामा उभिएर आँखा चिम्लेर तालमा मुण्टो हल्लाउनुहुन्थ्यो । यसरी घोकाएको त्यो पद्य आज पनि कण्ठस्थ छ- नमस्ते ज्यापू कोटमा किन खर्पन कोदाली ए ! कता जान लागेको तिमी मुहार उज्याली ।
शिव रेग्मी :
पारिवारिक नातागोताबाट माड्साबका सम्बन्धमा धेरै कुरा सुने- जाने पनि पहिलोपटक माड्साबलाई देखेको भने २०५० सालमा हो । दुब्लो अनुहारलाई कालो दारीले छोपेको थियो । हिंड्न नसक्ने भएर साइकलमा राखेर लदाइएको थियो । स्कूलको प्रांगणमा आइपुगेपछि साइकलबाट ओर्लेर दुईतिरबाट दुई जनाको सहाराले माथिको अफिस कोठामा लगेको दृश्य मेरा अझै ताजै छन् ।
२०६० सालमा फिफ्थ क्लासमा पढ्दा फणीन्द्रराज ‘खेताला र गोविन्द वियोगी’ द्वारा सम्पादित ’नव पद्यसंग्रह’ (२०५०) पुस्तक पढाउन माड्साब टुप्लुक्क आइपुग्नुभयो । त्यतिखेर माड्साबले पढाएको दृश्य पनि अझै सम्झन्छु ।
खिरिलो स्वर भएको एउटा विद्यार्थीलाई पद्यलाई लय मिलाएर भट्याउन लगाउने र सबै विद्यार्थीलाई त्यही लयमा दोहरर्याउन लगाउनुहुन्थ्यो । अगाडिको डेस्कमा क्लासको सबभन्दा सानो फुच्चे विद्यार्थीलाई उभ्याएर त्यही लय र तालमा अभिनयको रूपमा कम्मर नचाउन लगाउनुहुन्थ्यो । आफू चाहिँ एउटा कुनामा उभिएर आँखा चिम्लेर तालमा मुण्टो हल्लाउनुहुन्थ्यो । यसरी घोकाएको त्यो पद्य आज पनि कण्ठस्थ छ-
नमस्ते ज्यापू कोटमा किन खर्पन कोदाली
ए ! कता जान लागेको तिमी मुहार उज्याली ।
००
माडसाब त्यतिखेर मयलपोश सुरुवाल खद्दरको कोट र कपडाको टोपी लगाउनुहुन्थ्यो । अक्सर कपडाको जुत्ता हुन्थ्यो । तर स्कूलले गरेको विशेष कार्यक्रमको दिन भनें शूट-टाईमा चिल्लो तालु टल्काएर आउनुहुन्थ्यो । आज यो कुरा धेरै पत्याउन गाहो पर्ला ?
जुद्धोदय पब्लिक हाई स्कूलको हाम्रो समूहले २०१५ सालको एसएलसी टेष्ट परीक्षा पूरा गरेपछि ‘माड्साब’ ले दिउसो पढाउन छोडेर जगदम्बा प्रेसमा ‘म्यानेजर’ भएको कुरा सुनियो । २०३७ साल मंसीर महीनामा सरकारी कामको सिलसिलामा मदन पुरस्कार पुस्तकालय जाँदा ‘माइसाव’ सँग फेरि भेट भयो, सम्पर्क बढ्यो । स्कूलमा ‘सुसे’ को काम पाएको यो लेखक त्यसपछि ‘माडसाहेब’ भयो र पछाडि के भन्नुहुन्थ्यो ? थाहा छैन ।
आफू बाँचुञ्जेल दिनुबाहेक लिने काम गर्नुभएन वहाँले । पुरस्कार मान-सम्मान- उपाधि नलिने वचन पूरा गरेर जानुभयो । माड्साबको सम्मान यसैमा रह्यो ।
अनगिन्ती उपनाम, छद्म नाममा लेख रचना छपाउनुभयो । आफूलाई नानाभाँतीका नाम राख्ने ‘माड्साब’ अरूलाई पनि यस्तै नानाभाँती नाम राखेर जानुभएको छ । यसै क्रममा एउटा घटना सम्झन्छु-
माड्साबको आत्मपुराण छापिएपछि मकहाँ पठाइदिनुभयो र भन्नुभयो- “धोबी बित्ते, लाटो बुंगो, दारी नम्बर एकहरूलाई एकएक थान मेरोतर्फबाट हातमा पारिदिनू” म अलमल्लमा परेँ । अरूको नाम बुझे पनि अघिल्ला दुई नामसँग भने अनभिज्ञ नै थिएँ । मैले सोधें- धोबी र वित्ते भनेको को हो ? माड्साबले रिसाएर भन्नुभयो तिमी मेरा चेला होइनौ ।
००
२०६३ साल भदौ २३ गते माड्साबको ९० औं जन्मोत्सवका साँझ साथीहरूसँग शुभ-कामना दिन आएको थिएँ, माड्साबले देख्नुभयो तर बोल्न सक्नुभएन । नरमाइलो मानें । भोलिपल्ट बिहानदेखि ‘माड्साब’ साह्रो हुनुभएको भन्ने सुनेँ । भेट्न आउन सकिन, ज्वरो आएको थियो । २५ भदौको घाम उदाउँदै रोचक दाइले फोन गर्नुभयो ‘माड्साब’ जानुभयो भनेर । जीउ लगलग काम्न थाल्यो । हात गोडा लूला भए- एक्कासि ज्वरो बढेको अनुभव भयो । ‘माड्साब’ को अन्तिम श्रद्धाञ्जलिमा विष्णुदेवीथान आउन सकिनँ माफी चाहन्छु ।
‘माड्साबले कहिल्यै उच्चारण नगरेको ‘माड्साब’ को एउटा लेख ‘उद्योग’ पत्रिकामा फेला पारेको छु । यो लेख ‘माड्साब’ के सम्झनामा साभार गरी चढाउँछु ।
०००
१ भदौ ०६६
‘वासुदेव लुइँटेल स्मृतिग्रन्थ’ (२०६८)
Subscribe
Login
0 Comments
Oldest






































