साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पल्टुराम

उसैको बर्खोले आधा अनुहार छोपेको जस्तो गरेर कुरो सुरु गर्‍यौँ । मन मिलाएर हामी दुवै जना एउटै अस्पतालमा भर्ना भयौँ । बिरामा र बिरामीको जोडी मिलायौँ ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

ओछ्यान देख्यो कि पल्टिन र कुर्सी देख्यो कि ढल्किन मन लागिहाल्छ । त्यसो त रक्सी देख्यो कि लट्ठिन र कुन्नि कसकसलाई देख्यो कि लहसिन पनि मन लाग्छ तर यहाँ ती कुरा भन्न मिल्दैन ।

म जहाँतही पलङ होस् कि खाटमा बस्नासाथ पल्टिने भएर मेरा हितैषीहरूले दिएको नाम हो – पल्टुराम ।
प्लेनको सिट होस् कि बसको, बस्नलाई फिट हुनासाथ ढल्किन पल्किने मेरो बानीले मलाई सारै फाइदा पुर्‍याएको छ । त्यसरी पल्टिँदा कसैलाई अप्ठ्यारो परेको गुनासो गर्‍यो भने भित्रभित्रै खुसी हुँदै भन्छु – बिरामी छु ।

‘तपाईँ बिरामी हो ?’ यात्रारत रहँदा सोध्नुपर्नेले सोध्यो ।
सुख र सुविधाको लागि त जस्तोसुकै पनि स्वाङ पार्न सकिन्छ । मैले त्यहीँ साबित गर्दै ‘हो’ भनें । उसले मलाई आरक्षित बिरामी सिटमा लगेर सुतायो । म खुसी हुँदै पहिलेको भन्दा अझ सुविधाजनक सिटमा विराजमान भएँ । ढल्किएँ, पल्टिएँ । मज्जा आयो तर अनुहार भने मलिनो पारेर आँखा चिम्लेको जस्तो पार्नु झन् उचित ठानें ।

कुनै बजार आयो । त्यहाँ एकजना बिरामी चढी । उसको आफन्तलाई पछाडि पठायो र बिरामीलाई भने म भएको सिटमा बसायो । बसायो के भन्नु पल्टायो । उसले एउटा ओढ्ने ओढेकी थिई । गाडी गुड्यो । एकातिरको आरक्षित बिरामी सिटमा ऊ र भयौँ । उसले सोधी ‘तपाईँ बिरामी हो ?’
‘बिरामी होइन, म बिरामा’ भनें ।
ऊ अलिक मुस्कुराइन् । मुस्कान धेरै राम्रो लाग्यो । मैले सोही कुरा बताएँ पनि ।
उसैको बर्खोले आधा अनुहार छोपेको जस्तो गरेर कुरो सुरु गर्‍यौँ । मन मिलाएर हामी दुवै जना एउटै अस्पतालमा भर्ना भयौँ । बिरामा र बिरामीको जोडी मिलायौँ । उसको अभिभावकको आँखा छलेर त्यहीँ रात हामी फरार ।

मेरो तरिका देखेर मलाई पोइ भन्नुको साटो बोलाउने नामै दिएकी छे – पल्टुराम ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x