कलानिधि दाहालम यस्तो जमिनमा उभिएको छु !!
मलाई कसैले नसोध्नु होला -चोरको अनुहार कस्तो हुन्छ ? -बलात्कारीको भेष कस्तो हुन्छ ? -अविश्वासका ओठहरू कस्ता हुन्छन् ? -भ्रष्ट नेताका बार्गेनिङ् कहाँ हुन्छन् ?

कलानिधि दाहाल :
म यस्तो गाउँमा उभिएको छु
-ठाउँमा उभिएको छु
-सहरमा उभिएको छु
-देशमा उभिएको छु
जहाँ घर छन्
-भिन्नता छैन
मान्छे छन्
-आवाज छैन
चिल्ला चाक्ला सडक छन्
-पाइताला छैनन्
जिज्ञाशा छन्
-उत्तर छैनन्
शान्ति छ
-चहलपहल छैन
सौम्य !
स्निग्ध !!
सन्नमटा !!!
अलिकति आवाज बुल्बुल
-प्रशान्तभित्र
कतै मानवताको प्वाँख
-उम्रन्छ कि त्यता
छालहरू सेता फिँज छरिन्छन्
सिकाएर दौडेझैँ
-चकमन्न पाठ
म त्यस्तो देशमा उभिएको छु
-सशरमा उभिएको छु
-गाउँमा उभिएको छु
-टोलसमाजमा उभिएको छु
-ठाउँमा उभिएको छु
जहाँ असङ्ख्य घरहरू छन्
-भिन्नता छैन
उचाइ छन्
-भेद छैन
गहिराइ छन्
-फरक छैन
चौडाइ छन्
-रौँमात्रको अलगपन छैन
यो अचम्म !
के भन्नु हुन्छ यहाँहरू ?
अलिकति आवाज पनि त
-मान्छे हो
उत्तर पनि त
-जिज्ञाशा हो
भिन्नता पनि त
-आयतन हो
के यो सहर हो
-मान्छेको ?
के यो देश हो
-जनताको ?
के यो गाउँ हो
– मान्छेको ?
के यो ठाउँ हो
-मान्छेको ?
जहाँ घर छन्
-भिन्नता छैन
मान्छे छन्
-आवाज छैन
चोकहरू छन्
-ट्राफिक छैन
अनकन्टार
नङ्ले इन्चमात्र सडक कोत्र्योस्
सतर्कताका
रात लट्ठी उभिएका छन्
तर कोही छैन
सुन्सान !
सन्सान !!
मानवता
विधिमा छ यहाँ
-आवाज बोल्दैन
देश
व्यवस्थामा छ यहाँ
-ठगझुठको आरन चल्दैन
जिज्ञाशाका उत्तर
पाङ्ग्रामा छन् यहाँ
-पाइतालाको जुलुस खुल्दैन
सतर्क
मलाई कसैले नसोध्नु होला
-चोरको अनुहार कस्तो हुन्छ ?
-बलात्कारीको भेष कस्तो हुन्छ ?
-अविश्वासका ओठहरू कस्ता हुन्छन् ?
-भ्रष्ट नेताका बार्गेनिङ् कहाँ हुन्छन् ?
म त्यस्तो टोलमा उभिएको छु
-समाजमा हिँडेको छु
-मनमानसमा बोलिरहेको छु
-मस्रिण जनआवाज सुनिरहेको छु
जहाँ हुँदै हुन्नन्
कथं भई गएमा
-अनुहार देख्न पाइन्न
-भेषभुषा हेर्न पाइन्न
-तार्किक भ्रष्टता सुन्न पाइन्न
-अविश्वस्त ओठ बुझ्न पाइन्न
चुपचाप !
चुपचाप !!
धराले
गरा हरा पारेर
स्रष्टाका सिर्जना बँचाएझैँ
चुपचाप !
चुपचाप !!
अन्तर्विधानका
अनुपम संस्कारको उचाइमा
-समाज चलेको छ
-पाइला हिँडेका छन्
-सहर बनेको छ
केही छैन
सारा छन्
भएर पनि देखिन्नन्
देखाइन्नन्
छँदै छन् !!
०००
Subscribe
Login
0 Comments
Oldest





































