अन्जु शर्माधोबी र गधा
“यो कुरा तिमीहरूले सिंहदरबारतिर जाने मौका पायाै भने प्रत्यक्ष देख्नेछौ ।” यसो भनेर कवि काकाले सिस्नुपानी सम्मेलनमा भन्नुभयो मात्र के भनेको थिएँ- । विचरा पम्फा आन्टी त हाँसेर बेहोस नै हुनुभो ।

अन्जु शर्मा :
एक रमणीय जंगलमा गधाहरूको झुन्ड बहुत खुशी र सुुखी थियोे । गधाको सुख देखेर रतुवाहरू आक्रोशित थिए ।
एकदिन रतुवाले गधालाई जंगलबाट निकाल्ने योजना बनायो । योजना बमोजिम बूढो रतुवाले भन्यो- “हेर गधा हो यो जंगलको बीचमा जुन तलाउ छ त्यो तलाउका माछा तिमीहरूसंग युद्ध गर्ने तयारी गर्दैछन्, सक्छौ त ज्यान बचाओ ।” रतुवाका कुराले गधाहरूमा हाहाकार मच्चियो ।
भोलिपल्ट गधाहरूले सम्मेलन गरि जंगल छाडी शहर पस्ने योजना बनाए । तदनुरूप गधाहरू अर्को दिन साँझसम्म शहर भित्रिए । खोलाबाट नजिकै बाटोमा लुगा धोएर फर्कदै गरेको धोबीले डराएका गधा देखेर खुशी हुँदै भन्यो- “तिमीहरू किन डराएका छौ ? भोका प्यासा पनि देखिन्छौ । यो सबै हुनुमा के कारण छ ? कसैले मलाई भन्छौ कि ?”
गधा प्रमुखले निकै उदास भएर भन्यो- “आफूहरूमाथि माछाको षड्यन्त्र पूणर् आक्रमण हुने डरले जंगल छोडेर शहर पसेका हौं । हाम्रो ज्यान खतरामा छ । सक्नुहुन्छ भने हामीलाई सुरक्षा दिनुस् ।” उसले गुहार माग्यो ।
धोबीले अत्यन्तै सम्मान गरेर भोजन गराई तबेलाका छेउमा घाँटीमा घण्टी समेत लगाई बाँधेर राख्यो । अनि मुलायम भाषामा भन्यो- “मेरो साथमा तिमीहरू कसैसँग डराउनु पर्दैन । माछासँग म आफै लड्छु । त्यसको बदलामा मेरा लुगाको भारी बोकेर सहयोग गरिदिनु पर्छ ।” गधाहरूले समर्थन जनाए र त्यहीँ दिनदेखि धोबीको भारी बोक्ने कार्यमा गधाहरू जुटे ।
“यो कुरा तिमीहरूले सिंहदरबारतिर जाने मौका पायाै भने प्रत्यक्ष देख्नेछौ ।” यसो भनेर कवि काकाले सिस्नुपानी सम्मेलनमा भन्नुभयो मात्र के भनेको थिएँ- । विचरा पम्फा आन्टी त हाँसेर बेहोस नै हुनुभो ।
०००
रातोपुल
Subscribe
Login
0 Comments
Oldest






































