साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोबी र गधा

“यो कुरा तिमीहरूले सिंहदरबारतिर जाने मौका पायाै भने प्रत्यक्ष देख्नेछौ ।” यसो भनेर कवि काकाले सिस्नुपानी सम्मेलनमा भन्नुभयो मात्र के भनेको थिएँ- । विचरा पम्फा आन्टी त हाँसेर बेहोस नै हुनुभो ।

Nepal Telecom ad

अन्जु शर्मा :

एक रमणीय जंगलमा गधाहरूको झुन्ड बहुत खुशी र सुुखी थियोे । गधाको सुख देखेर रतुवाहरू आक्रोशित थिए ।

एकदिन रतुवाले गधालाई जंगलबाट निकाल्ने योजना बनायो । योजना बमोजिम बूढो रतुवाले भन्यो- “हेर गधा हो यो जंगलको बीचमा जुन तलाउ छ त्यो तलाउका माछा तिमीहरूसंग युद्ध गर्ने तयारी गर्दैछन्, सक्छौ त ज्यान बचाओ ।” रतुवाका कुराले गधाहरूमा हाहाकार मच्चियो ।

भोलिपल्ट गधाहरूले सम्मेलन गरि जंगल छाडी शहर पस्ने योजना बनाए । तदनुरूप गधाहरू अर्को दिन साँझसम्म शहर भित्रिए । खोलाबाट नजिकै बाटोमा लुगा धोएर फर्कदै गरेको धोबीले डराएका गधा देखेर खुशी हुँदै भन्यो- “तिमीहरू किन डराएका छौ ? भोका प्यासा पनि देखिन्छौ । यो सबै हुनुमा के कारण छ ? कसैले मलाई भन्छौ कि ?”

गधा प्रमुखले निकै उदास भएर भन्यो- “आफूहरूमाथि माछाको षड्यन्त्र पूणर् आक्रमण हुने डरले जंगल छोडेर शहर पसेका हौं । हाम्रो ज्यान खतरामा छ । सक्नुहुन्छ भने हामीलाई सुरक्षा दिनुस् ।” उसले गुहार माग्यो ।

धोबीले अत्यन्तै सम्मान गरेर भोजन गराई तबेलाका छेउमा घाँटीमा घण्टी समेत लगाई बाँधेर राख्यो । अनि मुलायम भाषामा भन्यो- “मेरो साथमा तिमीहरू कसैसँग डराउनु पर्दैन । माछासँग म आफै लड्छु । त्यसको बदलामा मेरा लुगाको भारी बोकेर सहयोग गरिदिनु पर्छ ।” गधाहरूले समर्थन जनाए र त्यहीँ दिनदेखि धोबीको भारी बोक्ने कार्यमा गधाहरू जुटे ।

“यो कुरा तिमीहरूले सिंहदरबारतिर जाने मौका पायाै भने प्रत्यक्ष देख्नेछौ ।” यसो भनेर कवि काकाले सिस्नुपानी सम्मेलनमा भन्नुभयो मात्र के भनेको थिएँ- । विचरा पम्फा आन्टी त हाँसेर बेहोस नै हुनुभो ।

०००
रातोपुल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x