साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्य अंश- ७)

हेला हुन्छ, स्वयम् जुनै जन बुझौं कर्तव्य चुक्काहुँदि यो दायित्व लिने कुरा अझ छिटो पाकाहरूको बढी ॥

Nepal Telecom ad

कविराज घिमिरे :

ज्येष्ठहरू कस्तो बन्ने

आफ्नो देह समाल्नुपर्दछ स्वयम् हे वृद्ध वृद्धा जन
आफ्नो दुःख हटाउने प्रण गरौं आजै खुलाई मन
पारौं सक्रिय व्यस्त जीवन सधैँ अल्छीपना होस् धुलो
गर्दै ध्यान जपादि पाठ विधिको मान्ने कुरा हो ठुलो ॥ ५४ ॥

सक्ने काम गरेर व्यस्त रहनू सानातिना जे रहुन्
कामै छैन भने कथा र कविता पढ्ने र लेख्ने गरून्
सानो हुन्न सघाउँदा किनभने हौ ज्येष्ठ ज्येष्ठै तिमी
तिम्रो ज्ञान अपार देखिन सकोस् प्रत्यक्ष आँखा अघि ॥ ५५ ॥

आफ्नो श्रेय बढाउने जन अरू कोही नखोजीकन
आफैँ तत्पर भै सधैँ जुटिरहौं भन्छन् सबै सज्जन
शिक्षा पाउनुपर्छ ज्येष्ठ जनको भावी पिढीले सधैँ
सम्यक् बन्न सकेर दिव्य बन है सत् चेतनामा छँदै ॥ ५६ ॥

सारा सृष्टि अपूणर् हो अमर से बन्दै-बनेनन् कुनै
बाँचुन्जेल दिउँ सुयोग्य नतिजा कल्याण ठानुन सबै
चोखो भाव विचार उच्च नबने खै ज्योटको इज्जत
आफ्नो इज्जतले चुमोस् शिखर सम्पूणर्मा व्यापक ॥ ५७ ॥

यस्तो सोच बनोस् कि वृद्धजनको सल्लाह मेरो चलोस्
साँचो अर्थ दिने ममात्र हुनुको आधार पैदा गरोस्
के हो जीवन पार्नु पर्दछ, मिठो बाटो खुला भव्य होस्
होस् औकात र पो खुरुक्क सबले मान्ने कुरा देखियोस् ॥ ५८ ॥

सान्छन् सज्जन में सुपात्र मतिका पाकाहरू छन् भने
सोध्छन तीक्ष्ण विचार दिन्छ जसले आस्था जगायो भने
गाँठो फुक्न सकोस् तुरुन्त सजिलै जो वृद्ध छन् तार्किक
बोलेको सब मान्यता हुनसकी यो मन्त्र होस् मार्मिक ॥ ५९ ॥

चुक्ने काम हुँदैन गर्न सबले पाकाहरूले अझ
गर्नू ख्याल हरेक यो विषयमा मान्छन् सबैले तब
हेला हुन्छ, स्वयम् जुनै जन बुझौं कर्तव्य चुक्काहुँदि
यो दायित्व लिने कुरा अझ छिटो पाकाहरूको बढी ॥ ६० ॥

०००
भक्तपुर
‘बुढ्यौली’ खण्डकाव्य (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
0
Would love your thoughts, please comment.x
()
x