सुलसुले‘नवप्रज्ञापन’ शताङ्क विमर्श सम्पन्न
यशु श्रेष्ठले सञ्चालन गर्नुभएको यो कार्यक्रमका प्रमुख आमन्त्रित सुपरिचित पत्रकार, साहित्यकार रोचक घिमिरे हुनुहुन्थ्यो भने अध्यक्षता पत्रिकाकै सम्पादक नवराज रिजालले गर्नुभएको थियो ।

काठमाडौं, ०८० साउन २२ । साहित्यिक पत्रिका ‘नवप्रज्ञापन’ को शताङ्क लोकार्पण र विमर्श कार्यक्रम पद्मकन्या क्याम्पस बागबजारको सभाकक्षमा सम्पन भएको छ ।
यशु श्रेष्ठले सञ्चालन गर्नुभएको यो कार्यक्रमका प्रमुख आमन्त्रित सुपरिचित पत्रकार, साहित्यकार रोचक घिमिरे हुनुहुन्थ्यो भने अध्यक्षता पत्रिकाकै सम्पादक नवराज रिजालले गर्नुभएको थियो । विशेष आमन्त्रितमा रघुजी पन्त, हिरण्यकुमारी पाठक, मोहन दुवाल, वियोगी बुढाथोकी आदि हुनुहुन्थ्यो भने स्वागत मन्तव्य शैलेन्दुप्रकाश नेपालले गर्नुभएको थियोे ।
दिउँसो २ बजेदेखि शुरु भएर ४ बजे समापन भएको यो कार्यक्रममा शताङ्क प्रकाशन गौरवलाग्दो इतिहास भएको, सरकारले साहित्यिक पत्रकारितालाई बेवास्ता गरेको, साहित्यकारहरूकै उचित कदर नभएको आदि प्रसङ्गहरूमा चर्चा गर्दै नवप्रज्ञापनलाई शुभकामना दिनुहुनेहरूमा हिरण्यकुमारी पाठक, मोहन दुवाल, रघुजी पन्त, रोचक घिमिरे, हुनुहुन्थ्यो ।
सम्पादक नवराज रिजालले सबै उपस्थित स्रष्टाहरूमा हार्दिक धन्यवाद दिंदै सभा समापन गर्नुभएको थियो ।
शाली, शान्त र सभ्य यो कार्यक्रममा ध्रुव घिमिरे, ललिता दोषी, जेठा वैरागी, नन्दु उप्रेती, खोलाघरे साहिंलो, डा. यादेवी ढकाल, विनयकुमार शर्मा नेपाल, गौरी अधिकारी, सुभाषचन्द्र पौडेल, वासुदव गुरागाई, मुकुन्द आचार्य, दिव्य गिरि, सुशीला प्रधानाङ्ग, युवराज मैनाली, रवीन्द्र तामाङ सोनी तामाङ, गगनदीप सर्व, कमलप्रसाद ज्ञवाली, ठाकुर शर्मा भण्डारी, आर.सी. रिजाल, तेजप्रकाश श्रेष्ठ, माधवप्रसाद गौतम, अच्युत घिमिरे, प्रमोद प्रधान, राममणि ढुङ्गेल, राजेश खनाल, देवी पौडेल, मोहन खड्का, जय छाङ्छा, प्रदीप प्रधान, सुधीर घिमिरे, सुशीला ढकाल, डिल्लीराम मिश्र, वासुदेव अधिकारी, मातृका पोख्रेल, पुष्करराज भट्ट, शीतल गिरि, राममणि दुवाडी, भगवती अधिकारी, इन्दिरा ढकाल, वसन्तराज अज्ञात, श्रीबाबु कार्की, विनोद नेपाल, विमल भौंकाजी, वसन्त रिजाल, रामचन्द्र नेपाल आदि ७० जनाभन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
उपस्थित सबै स्रष्टालाई जम्मा ५८० पृष्ठको शताङ्क निःशुल्क वितरण गरिएको छ । यो इतिहास बनाउन सफल साहित्यिक पत्रिका, यसका सम्पादकज्यु तथा प्रकाशन समुहलाई हार्दिक बधाई ।
०००
– खोलाघरे साइँलो
Subscribe
Login
0 Comments
Oldest












































