साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी

हामी उद्योगधन्दा कौडीको मोलमा बेच्छौँ अनि बाहिरबाट सामान आयात गर्छौँ हामी आफूआफूमा बाझ्छौँ अनि झगडा मिलाउन विदेशीहरूलाई गुहार्छौँ हामी नैतिक शिक्षा खारेज गर्छौँ अनि मौलिक संस्कृति हरायो भनेर पीर गर्छौँ ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

हामी घरमा आगो लगाउँछौँ
अनि वास खोज्दै हिँड्छौँ
हामी खुकुरीमा धार लाउँछौँ
अनि शान्ति खोज्दै हिँड्छौँ
हामी बाटो भत्काउँछौँ
अनि गन्तव्य खोज्दै हिँड्छौँ
हामी बिरुवा उखेल्छौँ
अनि फूलबारी खोज्दै हिँड्छौँ
हामी माटो बेच्छौँ
अनि देश खोज्दै हिँड्छौँ ।

हामी युवाहरूलाई विदेश पठाउँछौँ
अनि दक्ष जनशक्ति खोज्दै हिँड्छौँ
हामी खेतबारीमा महल ठड्याउँछौँ
अनि खानेकुरा खोज्दै हिँड्छौँ
हामी वन जङ्गल सखाप पार्छौँ
अनि पानी खोज्दै हिँड्छौँ
हामी धोती र टोपी खोलेर फाल्छौँ
अनि इज्जत खोज्दै हिँड्छौँ
हामी पराईको खुट्टा मोल्छौँ
अनि स्वाभिमान खोज्दै हिँड्छौँ ।

हामी कलाकारलाई भोकै मार्छौँ
अनि रङ्गमञ्च खोज्दै हिँड्छौँ
*हामी साहित्यकारको मानो खोस्छौँ
अनि उसको योगदान खोज्दै हिँड्छौँ
हामी कलङ्कित नेतालाई भोट हाल्छौँ
अनि सुशासन खोज्दै हिँड्छौँ
हामी झोलेहरूलाई काखी च्याप्छौँ
अनि असल कार्यकर्ता खोज्दै हिँड्छौँ
हामी जनतालाई रुवाउँछौँ
अनि समाजवाद खोज्दै हिँड्छौँ ।

हामी उद्योगधन्दा बन्द गर्छौँ
अनि बाहिरबाट सामान आयात गर्छौँ
हामी आफूआफूमा बाझ्छौँ
अनि झगडा मिलाउन विदेशीहरूलाई गुहार्छौँ
हामी नैतिक शिक्षा खारेज गर्छौँ
अनि मौलिक संस्कृति हरायो भनेर पीर गर्छौँ
हामी विस्तारीवादी र साम्राज्यवादीहरूका अगाडि लम्पसार पर्छौँ
अनि आफूलाई बहादुर हौँ भनेर धाक लाउँछौँ
हामी गाई खाने भाषा अक्षरअक्षर मिलाउँछौँ
अनि नेपाली भाषा जस्तो लेखे पनि हुन्छ भन्छौँ ।

हाम्रो बुद्धि कहिल्यै पनि पलाएन
अनि हाम्रो चेत पनि कहिल्यै खुलेन ।

०००

२०८० साउन ३२
————————————————–
*नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक
कुलमान घिसिङको कारणले गर्दा मैले समय अवधिभन्दा अगाडि नै आफू निर्दोष हुँदाहुँदै पनि हुँदाखाँदाको जागीर दु:खकासाथ छोड्नुपरेको थियो । तर पनि मलाई अत्यन्त खुसी लागेको छ । किनभने वहाँको `सुकर्म´लाई मैले कवितामार्फत् भए पनि अजरअमर गराउने सुअवसर पाएँ । धन्यवाद छ कुलमानजी तपाईँलाई ! बधाई पनि छ । मलाई यो कविता लेख्ने मौका दिनु भो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x